रसुवागढी नाका सोमबार देखि खुल्ने
कपन अनलाइन
काठमाडौं ,फागुन १६ /सुजन तामाङ्ग
रसुवा चीनसँग जोडिएका अन्तराष्ट्रिय रसुवागढी नाका भोलि सोमबार देखि पुन सञ्चालन हुने भएको छ । कोरोना प्रकोपका कारणले बन्द भएको नाका चिनियाँ ल्होसारको समाप्त भए पछि खोल्न लागिएको हो।
रसुवा जिल्ला कोरोना मुक्त भइसकेको र भन्सार कार्यालयका सुरक्षा निकाय, ट्रक चालक श्रमिकहरुले समेत कोरोना बिरुद्द खोप लगाईसकेको अवस्थामा नाका पुन:सञ्चालन आउने भएको हो।
दैनिक २ करोड भन्दा माथिको राजस्व संकलन हुने नाका अहिले बन्दा भएपछि राज्यलाई घाटा बनाउनुका साथै स्थानीय नाकामा कारोबार गर्ने व्यापारीलाई समेत रोजी रोटीको चिन्ता बढेको समयमा नाका खुल्ने निर्णयमा स्थानीयहरुले खुसि व्यक्त गरेका छन ।
रसुवागढी नाकाबाट दैनिक स्याउ, रेडिमेड कपडा , जुत्तचप्पल र विद्युतीय सामग्रीहरु आयात हुने नाका बाट नेपालबाट जडिबुी तथा हस्तकालका सामग्रीहरूको निकासी हुने गरेको छ।
(सुजन तामाङ्ग सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )