ट्रेकिंग गाईड तालीम शुरु

कपन अनलाइन

काठमाडौं ,फागुन १६ /रिपेश तिवारी

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान नाथमको आयोजनामा ट्रेकिंग गाईड तालीम शुरु भएको छ। रबिभवन स्थित नाथमकै भवनमा फागुन १६ गते शुरु भएर ५ हप्ता सम्म संचालन सो तालिममा  देशभर बाट करिब२८५ जना सहभागी रहेका छन।

नाथमका कार्यकारी निर्देशक दीपक कुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो।

पर्यटन क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग गर्दै पर्यटक लाई मुस्कान सहितको सेवा दिनुपर्ने बताउदै प्रमुख अतिथि कोइरालाले  सहि सूचना, विश्लेषण र प्रस्तुतिले मात्र पर्यटकलाई नेपाल प्रति आकर्षित गर्न र नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सकिने बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा टान अध्यक्ष खुम बहादुर सूबेदी,नाटा अध्यक्ष अचूत गुरागाई लगायतका अतिथिहरूले ट्रेकिंग गाइडले नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण योगदान दिन सक्ने विचार व्यक्त गरेका थिए ।

वि.स २०३४ शालमा करिब ८८  जना प्रशिक्षार्थी बाट सुरु गरिएको ट्रेकिंग गाइड तालीम हाल सम्म आइपुग्दा करिब १७,५१९  जनाले लिइसकेका छन्।

१६  वटा विषयमा सम्बंधित विषयका विज्ञद्वारा प्रशिक्षण हुने तालिममा प्रयोगात्मक प्रशिक्षण  समापन पाश्चात् ग्रेडिंग प्रकियाद्वारा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिने कुरा प्रशिक्षक तथा व्यवस्थापक रतन साउदले जानकारी दिएका छन ।

(रिपेश तिवारी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।