ककनी गाउँपालिका नुवाकोटमा शुभकामना आदानप्रदान तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न
कपन अनलाइन
नुवाकोट ,फागुन १७/शान्ति लामा
ककनी गाउँपालिका नुवाकोटमा शुभकामना तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। ककनी गाउँपालिका वडा नं १ पदेलि नुवाकोटमा पहिलो पटक २८५७ औं लाङ (म्हे) ल्हो प्रबचन,शुभकामना तथा ल्होछार साँस्कृति कार्यक्रम आयोजना गरिएको हो ।
यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आचार्य सर्बजित गाेङवाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का अध्यक्ष मान चन्द्र बहादुर श्रेष्ठ, कलाकार बुद्धि तामाङ(हैट), तामाङ फिल्मका नायक अमीर दोङ तामाङ र नायिका सुश्मा मोक्तान लगायत अतिथि रहेका थिए।
गायक र गायिकाकाे रूपमा प्रेम लोप्चन, शशिकला मोक्तान , युवि मङ्ग्रेस , उर्गेन दोङ तामाङ लगायतको प्रस्तुति रहेको कार्यक्रमको संयोजक कोन्जोसोम समुहका अध्यक्ष सुर्य तामाङ रहेका थिए भने अध्यक्षता अध्यक्ष राजु तामाङले गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पछि प्रमुख अतिथि आचार्य सर्वजित गोङ्वा तामाङले प्रबचन दिएका थिए ।कार्यक्रममा तिनपिपलेका स्थानीय खेलाडीहरुको कार्यक्रममा WKN खेल प्रदर्शन पनि रहेको थियो।
(शान्ति लामा सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )