Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/148938785_441477357043683_1986500775733646909_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0694-scaled-e1614249401761.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नि:शुल्क पाठ्यपुस्तक सहित न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै कान्तिपुर क्याम्पस

कपन अनलाइन

काठमाडौँ, फागुन १३ ।समुदायका कमजोर आय स्तर भएका सर्वसाधारणका छोरीछोरीले  न्यून शुल्कमा  गुणस्तरीय शिक्षा  प्रदान गर्ने हेतुले कागेश्वरी मनोहरा नगरपालिका ५ थली डाँछीमा संचालित कान्तिपुर क्याम्पसमा शैक्षिक सत्र २०७७/७८का लागि स्नातक तह प्रथम तहमा भर्ना खुलेको छ।  बिगत  दुइ दशक देखि BA/BBS का विविध कक्षा का साथै प्लस टु अन्तर्गतका कक्षा संचालन गर्दै आएको कान्तिपुर क्याम्पसले ग्रामिण महिला बर्गको शैक्षिक उन्नयन जागरण सृजना गर्ने उदेश्यका साथ् बाणिज्य प्रशासन कम्प्युटर बिज्ञान ,जनसंख्या पत्रकारिता समाजशास्त्रका बिषयलाइ प्राथमिकता दिएको क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेलले जानकारी गराए।

त्यसै गरि उनले पिछडिएका वर्ग र महिला बर्गलाई शिक्षा अवसर प्रदान गरि समय सापेक्ष जनशक्तिमा परिणत गरि रोजगार मुलक शिक्षा प्रदान गर्दै आएको बताए  इन्डोर र आउटडोर  खेल समेत संचालन गर्दै आएको सो क्याम्पसले बिभिन्न धर्म संस्कृतिबाट आएका बिद्यार्थीहरुलाई सांस्कृतिक क्रियाकलापमा सहभागी गराउदै आएको छ । फिल्ड वर्क केस स्टडी सेमिनार लगायतको गतिबिधिलाइ जोड ड़ाई आएको सो क्याम्पसले नया भर्ना कार्यक्रममा जेहेन्दार ,गरिब, अपांग,दलित जनजाति आदिबासी दुर्गम स्थानका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

नियमित पठन पाठन संगै  कान्तिपुर क्याम्पसले  विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै क्याम्पस प्रमुख कुइकेलले क्याम्पसको  शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन।२०४८ सालमा त्रिभुवन विश्व बिद्यालय बाट IA/र I.Com को सम्बन्धन सहित मनमोहन भट्टराईको अध्यक्षतामा निजि स्रोत बाट संचालन गर्ने गरि सामुदायिक क्याम्पसको स्थापना स्वीकृति प्राप्त  गरेको सो क्याम्पस स्थापना गर्दा प्रा.डा. चुडाराज उप्रेतीको नेतृत्वमा त्रिभुवन विश्व बिध्यालयका प्राध्यापकहरुको स. कोष जमानीमा स्वीकृत प्राप्त गरेको हो ।

 कान्ति भैरब माध्यमिक बिध्यालयको भौतिक पूर्वाधारमा संचालन हुदै नेपाल सरकारले सो क्याम्पसलाइ साविक डाँछी  गाबिस वडा नं ७ तीन पिप्लेमा ३८-१०-० जग्गा भोग अधिकार सुबिधा सहित उपलब्ध गराएकोमा डाँछी गाबिस विश्व बिध्यालय अनुदान आयोगको विनियोजित रकम बाट पूर्वाधार सुरुवात गरेकोमा २०७० सालको आम निर्वाचन पछि पुर्व सांसद संबिधान सभा सदस्य दिपक प्रसाद कुइकेल मार्फत सांसद विकास कार्यक्रमको विनियोजित रकम बाट  आफ्नै जग्गामा भवन निर्माणले पूर्णता पाएको क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेल बताउछन।

 काठमाडौं पूर्वी क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिका शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लाका गरि करिब १ हजार बिद्यार्थीलाइ  शिक्षा प्रदान गरि लाभान्वित गर्न सक्ने गरि भौतिक संरचना  तयार गरेको क्याम्पसको दाबि रहेको छ ।बढ्दो शहरीकरण शिक्षा र स्वास्थ्यको आवश्यकतालाइ मध्ये नजर गरि सो क्याम्पस संग भएको जग्गामा थप पूर्वाधारका कार्यलाइ निरन्तरता दिई स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको पहुच सबै जनतामा पुर्याउन पर्छ भन्ने अवधारणामा अगाडी बढेकोले सो क्याम्पसलाइ प्राप्त जग्गामा शिक्षा क्षेत्रको हब बन्ने कुरामा आफु विश्वस्त रहेको क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेल बताउछन । गोकर्ण रिसोर्ट संगै  शान्त बातावरणमा संचालित सो क्याम्पस चाबहिल साँखु सडक संगै जोडिएको हुदा यातायातको सहजता रहेको छ ।स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि निशुल्क पुस्तक वितरण गर्ने सो क्याम्पसले निशुल्क अतिरिक्त कम्प्युटर कक्षा समेत संचालन गर्ने  प्रमुख शैलेन्द्र कुईंकेलले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।