काठमाडौँको तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु , ८ हजार हाँस र कुुखुरा नष्ट

कपन अनलाइन
काठमाडौं,फागुन १३।

तारकेश्वर नगरपालिका वडा नं १ साङ्लेखोला र फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग पुष्टि भएको एक साता नबित्दै पुन बर्ड फ्लु पुष्टि भएको छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा आज ८ हजार हाँस र कुुखुरा नष्ट गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले जानकारी दिए ।

स्थानिय कमल गौतमले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।

पशु सेवा विभागका अनुसार हाँस र कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको हो । रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको छ ।फोटो सौजन्य : साझा पाना

तपाइँको प्रतिक्रिया ।