संगठन विस्तार र परिचालन तिव्र बनाउदै नेकपा काठमाडौं क्षेत्र नं ५

कपन अनलाइन

काठमाडौं ,फागुन १३।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ ले संगठन विस्तार र परिचालन तिव्र बनाएको छ। फागुन ८ गते बसेको काठमाडौं जिल्ला कमिटीको बैठकले संयोजक चयन गरे संगै फागुन ९ गते बसेको क्षेत्रीय कमिटीको बैठकले गरेको निर्णय अनुसार क्षेत्रका सबै वडामा बैठक बसेको थियो।

त्यस्तै उक्त बैठकले क्षेत्र नं ५ का विभिन्न वडामा बैठक संचालनका लागि क्षेत्रका नेताहरुलाई संयोजनको जिम्मेवारी प्रदान गर्दै संगठन परिचालन र विस्तारको काम अगाडी बढाउने निर्णय गरेको थियो।

सो बैठकले काठमाडौं महानगरपालिका वडा नं ४ मा मोहन बिस्ट ,वडा नं ५ मा धुर्व थपलिया ,वडा नं २ मा हरि अधिकारी ,वडा नं ३ मा धुर्व पाण्डेलाई संयोजनको जिम्मेवारी दिएको थियो भने टोखा नगरपालिका वडा नं ४र५ मा नारायण भाइ श्रेष्ठ ,वडा नं ६ र ७ मा मणि डंगोलले संयोजन गरेका थिए ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा ३,६,र ७ मा नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले संयोजन गरेका थिए भने वडा नं ४ र ५ मा अनिता लामाले संयोजन गरेकी थिइन्।

काठमाडौं क्षेत्र नं ५ का सबै वडा कमिटीहरुको बैठक आयोजना गरेर  संगठन परिचालन ,जनसम्पर्क ,प्रचार संयन्त्र निर्माण र विकास निर्माणका वारेमा अभियान संचालन गरिएको क्षेत्र नं ५ का संयोजक दिपक निरौलाले जानकारी दिएका छन ।

त्यस्तै तत्काल  पहिलो चरणको समिक्षा गरिने र दोस्रो चरणको कार्यक्रम अगि सारिने बताउदै उनले दोस्रो चरणमा शाखाको कार्यबिभाजन र पार्टी सदस्यता अध्यावधिक सहित  क्षेत्र भित्रका बिकास  निर्माणको अनुगमन र  समिक्षा गरिने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।