चाँपाबोट माध्यमिक विद्यालय शंखरापूर -१ ले ४० औंं वार्षीक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

कपन अनलाइन 

काठमाडौं,फागुन १३।शंखरापूर नगरपालिका-१ स्थित श्री चाँपावोट माध्यमिक विद्यालयको  ४० औंं वार्षीक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ  । फागुन १४ गते बिहान ११ बजे देखि हुन लागेको सो कार्यक्रममा   ‘अङ्कुर’ नामको स्मारिका समेत बिमोचन समेत गर्न लागिएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष पूर्णमान लामाले जानकारी दिएका छन । अध्यक्ष लामाका अनुसार  वार्षीक उत्सव कार्यक्रममा  विद्यालयमा भईरहेका गतिविधिको जानकारी गराउने समेत बताएका छन  ।

उनले सो कार्यक्रममा  समग्र विद्यालयसँग जोडिएका विद्यार्थी,अभिभावक सरोकार वाला  सबैलाई विद्यालयको वार्षीक उत्सव कार्यक्रममा उपस्थित हुन पनि  अनुरोध गरेका छन्  ।’ शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यता  रहने सो   कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,पूर्व प्रधानाध्यापक लगाएत बिध्यालयलाइ योगदान पुर्याउने ब्यक्तिलाइ सम्मान समेत गरिने जानकारी गराउदै   चर्चीत हास्य कलाकार खड्गबहादुर पुन( खबपु),गायक भिमसेन खतिवडा, गायिका राधिका ढकाल लगाएत  स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति  रहने जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।