श्री सुन्ताखान माध्यमिक बिध्यालय गोकर्णेश्वर ३ को ६९ औं वार्षिकोत्सव सम्पन्न
कपन अनलाइन
काठमाडौं फागुन १२। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा २००८ साल फागुन १० गते स्थापना भएको श्री सुन्ताखान माध्यमिक बिध्यालयले आफ्नो ६९ औं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ। बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब बिष्टको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी छिमेकी बिद्यालयका प्रधानाध्यापक स्थानीय समाजसेवी बिभिन्न राजनीतिक दलका प्रतिनिधि शिक्षक अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालक सहायक प्रधानाध्यापक केशब घिमिरेले गरेका थिए भने कार्यक्रम व्यवस्थापक संयोजकको रुपमा शम्भु बहादुर बिष्ट रहेको सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक झलक प्रसाद अधिकारीले आर्थिक-शैक्षिक तथा समग्र प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शैक्षिक तथा समग्र बिध्यालयको गतिबिधिमा पुर्व निर्धारित मापदण्ड अनुसार उत्कृष्ट मध्येउत्कृष्ट शिक्षक सम्मान बाट प्राथमिक शिक्षक राजेन्द्र बिष्टलाइ सम्मान गरिएको थियो भने पुर्व प्रधानाध्यापक धुर्व प्रसाद भण्डारीलाई निजले बिध्यालयको हितमा पुर्याएको योगदानको सम्मान सहित सेवा निवृत्त भइ गएकोले सम्मान सहित बिदाइ गरिएको थियो ।
कार्यक्रममा सामुदायिक बिध्यालयका प्रधानाध्यापक मध्ये बाट शुभकामना मन्तब्य राख्दै सहयोगी माविका प्रधानाध्यापक निर्माण न्यौपानेले बिद्यालयको युवा नेतृत्वले गरेको समग्र प्रगतिको चर्चा गर्दै सम्मानित शिक्षक त्थाई बिदाइ भइ गएका शिक्षकलाइ शुभकामना दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्रतिनिधि सभा सदस्य कृष्ण राइले बिध्यालयले पछिल्लो समयमा गरेको सुधार र प्रगतिको लागि बधाई दिदै अझै प्रगति र उत्थानको शुभकामना दिएका थिए। कार्यक्रममा शैक्षिक सत्र २०७६को बार्षिक पुरस्कार खेलकुद सप्ताह २०७७ को बिजेताहरुलाई पुरस्कार सहित छात्रवृत्ति समेत प्रदान गरीएको थियो।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।