नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (२ ) को आयोजनामा विकास निर्माण वारे छलफल
कपन अनलाइन
काठमाडौं ,फागुन १२।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (२ ) बुढानिलकण्ठ -११ गुरुङ टोल समितिको आयोजनामा प्रदेस निर्वाचन क्षेत्रमा संचालन भएका विकास निर्माणका योजनाहरुका वारेमा छलफल भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सडक, ढल ,भौतिक पूर्वाधार निर्माण लगायतका विषयमा स्थानीयहरु संग अन्तरक्रिया पनि गरिएको थियो ।
बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ ,बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,नेपाली कांग्रेसका नेता अच्युत पौडेल , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (२ ) का सभापति बिनोद चालिसेले लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।