आमा : रिता दाहाल (कविता )
कपन अनलाइन
काठमाडौं , फागुन ६।
आमाको अब देह छैन जगमा सम्झिन्छु आमा सधैं।
बिर्सौँ त्यो अब माघ एक कसरी बेथा छ ताजा अझै।
आयो हो कि उडेर यान परको लैजान्छु भन्दै यहाँ।
हेर्दैथ्यौँ बहुतै बसी नजिकमा लग्दो भयो हो कहाँ?
देखेँ थेँ जब रात हस्पिटलमा गर्दै थियौ छट्पटी।
बन्दैथेँ टुहुरी उसै बखतमा पोल्यो मनै भत्भती।
बस्दैथे जब डाक्टरै पनि यहाँ सोच्नै नसक्ने बनी।
हेर्दैथे अब सास अन्तिम घडी छोरा र नाती पनि।
आँखा चिम्म थिए अचेत पनमा ऐया भनेकी तहाँ।
हेर्दै बस्नु सिवाय केछ र बरै ढुक्दो छ कालै जहाँ।
हे आमा उठ झट्ट बेर नगरी भन्दै थिएँ बेसरी।
आयो काल अटेर भैकन लियो ज्यानै कठै त्यै घडी।
तपाइँको प्रतिक्रिया ।