Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/151030062_427783141774148_6427862691018613769_n-e1613539670340.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0549-scaled-e1613539893489.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0538-scaled-e1613539756264.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0586-scaled-e1613540199557.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका भित्र सवारी चाप सहज बनाउन अत्याधुनिक ‘पोड वे’ यातायात प्रणाली संचालन सम्बन्धि छलफल सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन ५ ।गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र सवारी चापलाई सहज बनाउनको अत्याधुनिक “पोड वे”यातायात प्रणाली   संचालन सम्बन्धि छलफल सम्पन्न भएको छ। मंगलबार नगरपालिका प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा भएको सो छलफलमा काठमाडौं पोड वे का प्रेसिडेन्ट Mr. Jan Peter wall , नगरपालिका उपप्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य गोकर्णेश्वर नगरपालिका वडा नं १का वडा अध्यक्ष राम मानन्धर, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज कुमार ढुंगाना  नेकपा नेता निर्मल कुइकेल लगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो

 कार्यक्रममा अमेरिकन नागरिक , काठमाडौं पोड वे का प्रेसिडेन्ट Mr. Jan Peter wallलाइ नगर प्रमुख सन्तोष चालिसेले  नगरपालिकामा स्वागत गर्दै सवारी चाप कम गर्ने सहयोग पुग्ने उक्त नया प्रबिधिको लागि  गोकर्णेश्वर नगरपालिका लाइ नै छनौट गरेकोमा धन्यबाद दिएका थिए । यात्रीहरुलाई कम समयमै सुरक्षित तरिकाले यात्रा गराउनका लागि  भित्र्याउन लागिएको उक्त पोड वे जसमा सुन्दरीजल देखी बौद्ध पिपलबोट सम्म  त्यसै गरि बौद्ध पिपलबोट देखि आरुबारी सम्म  र बौद्द पिपल बोट देखि दक्षिणढोका सम्म गरि करिब १७ किलोमिटर सम्म जडान गरिने  प्रस्ताब गरिएको  जानकारी गराइएको थियो।

उक्त आयोजनाको लागि करिब १० अर्ब रकम लाग्ने जानकारी गराउदै त्यसको डी पी आर निर्माण देखि लाग्ने खर्च आयोजक कम्पनिको नै रहने जानकारी गराइएको थियो।  कार्यक्रममा काठमाडौं पोड वे का प्रेसिडेन्ट Mr. Jan Peter wallले आफु दश वर्ष पहिले काठमाडौं आउदाको सवारी चाप र एक वर्ष अघि काठमाडौं आउदाको  सावारी चाप घट्नुको सट्टा झन झन् बढेको देखे पछि कम्पनीले पोड वे  जडानको लागि प्रस्ताब गरेको जानकारी गराइएको थियो। यदि सो आयोजना संचालनमा आएको खण्डमा नेपालमा गोकर्णेश्वर नगरपालिका पहिलो पोड वे संचालन गर्ने नगरपालिका हुने पनि जानकारी गराइएको थियो।

   यसबाट यात्रा हालको तुलनामा ४ गुणा छिटो हुनेछ भने  प्रति किलोमीटर ६ देखि १० रुपैया शुल्क लाग्ने सो पोड चार किसिमको हुने जानकारी गराइएको थियो जसमा लक्जरी, अपांगता मैत्री, कार्गो र नर्मल चार सिटे रहेको जानकारी गराइएको थियो।  सो आयोजना संचालन आएको खण्डमा सडकमा सवारी चाप  कम हुने मात्र नभई सौर्य उर्जा बाट चल्ने हुँदा प्रदुषण समेत कम हुने जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागि रहेको राखेको जिज्ञासा समेत काठमाडौं पोड वे का प्रेसिडेन्ट Mr. Jan Peter wallले मेटाएका थिए ।कार्यक्रममा  पोड वे को बारेमा श्रव्यदृश्य मार्फत जानकारी गराइएको थियो। छलफल पश्चात नगरपालिकाले उक्त पोड वे निर्माणको लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउदै सो कार्यमा सहयोग गर्ने नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराएका थिए  ।  उक्त पोड वे काठमाडौं महानगरपालिका भित्र पनि संचालन गर्ने सम्बन्धि छलफल भइरहेको जानकारी गराइएको थियो ।

तपाइँको प्रतिक्रिया ।