काठमाडौं महानगरपालिकाका सबै वडामा आज बाट निशुल्क मृगौला परिक्षण हुने

कपन अनलाइन

काठमाडौं फागुन ५ ।काठमाडौं महानगरपालिका र मृगौला बचाऔ अभियान द्वारा काठमाडौं महानगरपालिका वडा नं ६ मा निशुल्क मृगौला परिक्षण गर्न लागिएको वडा अध्यक्ष दिपेन्द्र लामाले जानकारी गराएका छन।  उनका अनुसार महानगरको  ‘स्वस्थ मृगौला  स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तरगर्त यो  अभियान सुरू हुन लागेको  जानकारी गराउदै आज बाट बिदाको दिन बाहेक  दिउसो १ बजे देखि ३ बजे सम्म वडा कार्यालय स्वास्थ्य शाखामा  सम्पर्क गरि स्वास्थ्य परिक्षण गर्नको लागि अनुरोध गरेका छन् ।

महानगरले आफ्ना ३२ सै वडाका ३५ वटा शहरी स्वास्थ्य क्लिनिकबाट फागुन ५ गतेदेखि आगामी ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण गर्ने व्यवस्था मिलाएको  काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य जयराम पुडासैनीले जानकारी गराए  ।महानगरपालिकाले सञ्चालन गरेको  वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा गइ पिसाबको  प्रारम्भिक परीक्षणमार्फत् वडावासी निःशुल्क मृगौला  परीक्षण गर्न सकिनेछ  ।

तपाइँको प्रतिक्रिया ।