गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाइ नागरिक अभिनन्दन

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाइ नागरिक अभिनन्दन

कपन अनलाइन

काठमाडौं, फागुन ५ ।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाइ नागरिक अभिनन्दन गरिएको छ ।बुधबार श्रीपंचमीको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा आयोजित बृहत शान्ति र्याली ,शान्ति पुस्तक दान दिवस एबम पिस एन्जल्स स्कुलको समुद्घाटन कार्यक्रममा बिभिन्न क्षेत्रमा नगर प्रमुख सन्तोष चालिसेले  योगदान पुर्याएको भन्दै उनलाई बिध्यालय, अभिभावक  शिक्षक, बिद्यार्थी एबम सम्पूर्ण नगरबासीहरुको तर्फ बाट नागरिक अभिनन्दन गरिएको हो।

 

उनलाई पिस एन्जल्स स्कुलका संस्थापक प्रिसिपल एबम अधिवक्ता राजेश कुमार बिष्टले  खादा तथा कार्यक्रमका बिशेष अतिथि शिवपुरी गाउपालिका नुवाकोटका अध्यक्ष रामकृष्ण थापाले अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। उनलाई प्रदान गरिएको अभिनन्दन पत्रमा ऐतिहासिक सांस्कृतिक, एबम धार्मिक क्षेत्र काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा वि.स  २०१५ साल असार ३ गते पिता भवनाथ चालिसे र माता जितेन्द्रकुमारी चालिसेको पुत्रको रुपमा जन्मेका चालिसेले निस्वार्थ रुपमा समाजसेवा कुशल राजनीतिज्ञ साहित्य श्रष्टा एबम बहुमुखी प्रतिभाका धनि भएको उल्लेख गरिएको छ ।साथै उच्च शिक्षा हासिल गरि वि.स  २०३६ सालको ऐतिहासिक जन आन्दोलन देखि नै सक्रिय राजनीतिमा सक्रिय सहभागी हुदै नेपाली कांग्रेस पार्टीका बिभिन्न पदमा रहेर सानै उमेर देखि राजनीति तथा समाजसेवा लगायतका समाजका बिभिन्न क्षेत्रमा  क्रियाशील हुदै गीत रचना सर्जकको रुपमा समेत लोकप्रिय रहेको उल्लेख गरिएको छ ।

त्यसै गरि बि.स २०३९ सालको स्थानीय निर्वाचन बाट वडा अध्यक्ष तथा वि.स २०४९ सालको निर्वाचनमा उपाध्यक्ष पदमा बिजयी बनि जनताको सेवामा निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै  आएका उनले सेवा नै धर्म ठानी समाजका दलित, पिडित गरिब असहाय, निमुखा र सीमान्तकृत बर्गको उत्थानमा  सदा अग्रसर रही २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखको गरिमामय पदमा निर्वाचित हुन सफल भएका चालिसेले सोहि जिम्मेवारीमा रही नगरको चौतर्फी विकासमा पुर्याएको उल्लेखनीय योगदान  नगरबासीमा सदा स्मरणीय रहदै आएको छ , राष्ट्र सेवाको सिलसिलामा अमेरिका  बेलायत, अष्ट्रेलिया, चीन ,भारत, थाइल्याण्ड लगायत युरोप ,अमेरिका र एसियाका बिभिन्न देशको भ्रमण गरि महत्वपुर्ण  अनुभब संगालेका चालिसेले २०७२ सालको विनाशकारी महा भूकम्प बाट क्षत विक्षत बनेका नगरपालिका भित्रका  सम्पूर्ण क्षेत्रको पुनर्निर्माणका साथै कोभिड-१९ बाट पिडित नगरबासीलाई उत्कृष्ट सेवा र उपचार  सुबिधा प्रदान गर्न नेतृत्वदायी  भूमिका रहेको उल्लेख गरिएको छ ।

त्यस्तै शैक्षिक विकासका लागि अरुणोदय माबी आरुबारी काठमाडौं बिध्यालय व्यवस्थापन समितिको अध्यक्ष रही वि.स २०६४ साल देखि एक दशक सम्म  महत्वपूर्ण सेवा पुर्याएका चालिसेले ऐतिहासिक एबम पुरातात्विक निधि गोकर्णेश्वर महादेव मन्दिरको जीर्णोद्धारमा झिंगटीको छानालाइ सुनकोमा परिणत  गर्नुको साथै नित्य पुजा  तथा बागमती गङ्गा आरति आदिलाई निरन्तरता  दिन अक्षयकोष समेतको व्यवस्था गरेर महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ । साथै बालबालिकाहरुलाई आफ्नै स्थानको धार्मिक सांस्कृतिक एबम ऐतिहासिक  ज्ञान दिने उदेश्यले  स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गर्ने देशैभरमै पहिलो नगरपालिकाको पहिचान दिलाउन सफल भएका चालिसेले नगरपालिकाको राजस्वमा अपूर्व बृद्दि गर्नुको साथै नगरपालिका भित्र प्रत्येक घरपरिवारको अभिलेख  राख्न डिजिटल हाउस होल्ड सर्भे, संचालन गरेको उल्लेख गर्दै बिगतमा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्थापनामा महत्वपूर्ण भूमिका खेलेका चालिसेले गोकर्ण स्वास्थ्य चौकीलाइ गोकर्ण अस्पतालमा रुपान्तरण गरि वडा न २ र ३मा नगर स्वास्थ्य चौकी स्थापना गरि स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ।

त्यसै गरि नगरपालिकाको सबै वडा तथा नगरपालिकाको ७ तले कार्यालय भवन निर्माण गर्ने कार्यमा महत्वपूर्ण सफलता हासिल गर्दै गरेका चालिसेले बिगत धेरै लामो समय देखि जिर्ण अवस्थामा रहेको जोरपाटी सुन्दरीजल सडक मार्गलाइ चौडा गरि निर्माणमा  महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै रमेश विकल साहित्य प्रतिष्ठान ,भैरब पुरस्कार गुठि लगायत साहित्यिक संघ संस्थाको उन्नयनमा नगरपालिकाको  तर्फ बाट बिशेष सहयोग प्रदान गरि उल्लेख्य योगदान गर्दै आएको जनाइएको छ । यसरी समाज तथा मानब सेवामा निरन्तर  संलग्नताको उच्च कदर गर्दै बिभिन्न  राष्ट्रिय तथा अन्तर्राष्ट्रियसंघ संस्था बाट सम्मानित र पुरस्कृत हुदै आएका चालिसेलाइ यसै गरि मातृभुमि  नेपाल र नेपाली जनताको शान्ति र सम्वृद्धिएबम  राष्ट्रिय  जीवनका अम्युत्थानमा अविछिन्न रुपमा योगदान पुर्याउदै आएको समर्पणको उच्च  सम्मान गर्दै प्रमुख चालिसेको सुख,शान्ति, सु-स्वास्थ्य  दिर्घायु तथा समृद्दीको कामना सहित  उनलाई नागरिक अभिनन्दन गरिएको उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।