गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवन शिलान्यास

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं,फागुन ५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । मंगलबार नगर प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच भुमिपुजन सहित  शिलान्यास गरेका हुन्। करिब एक करोडको लागतमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ गणेश मन्दिर नजिकै निर्माण गर्न लागिएको तीन तले उक्त भवनमा १२ वटा कोठा रहने छ।  शिलान्यास कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल , गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल गोकर्णेश्वर नगरपालिका न्याय तथा कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, वडा सदस्य हरिकृष्ण कारंजित, वडा सदस्य गमला कुमारी परियार  वडाका कर्मचारी  सहित स्थानीयको उपस्थिति रहेको थियो ।सो शिलान्यास कार्यक्रम संचालन वडा सचिब संगीता बरालले गरेकी थिइन ।

 गोकर्णेश्वर नगरपालिका वडा नं ९ का सबैलाई पायक पर्ने स्थानमा बन्न लागेको उक्त भवन ६ महिना  भित्र सक्ने  लक्ष्यका साथ  काम अगाडी बढाउने जानकारी गराइएको थियो ।  कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाले तीन वर्ष  बिताउदै गर्दा  ९ वटै वडा कार्यालय स्थापना गरिसक्ने  र गोकर्णेश्वर नगरपालिकाको भवन बनाउने कार्य  बढाउदै गर्दा  तीन वटा वडाको लगातार रुपमा शिलान्यास कार्य सम्पन्न भएको जानकारी गराएका थिए। उनले वडा नं ६ ,८ र ९ को पनि शिलान्यास गरिसकेको र काम पनि अघि बढिरहेको जानकारी गराउदै करिब २८ करोडको लागतमा गोकर्णेश्वर नगरपालिकाको ७ तले भवन जोरपाटी चोकमा निर्माण गरिने र त्यसको पनि चाडै शिलान्यास हुने जानकारी गराएका थिए ।

त्यसैगरि उनले ९ वटै वडामा स्वास्थ्य चौकी भवन पनि निर्माण भईरहेको जानकारी गराएका थिए । उनले नगरपालिका भित्रका सडक ढल खानेपानी लगायतका बिभिन्न पूर्वाधार निर्माणको पनि अन्तिम चरणमा पुगिसकेको जानकारी गराएका थिए।वडा कार्यलय भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउदै  ५ वर्ष भित्र ९ वटै वडा कार्यालयको आफनै भवन बनाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य अगाडीनै  ४ वर्ष भित्रमा नै सम्पूर्ण वडा कार्यालय बनिसक्ने जानकारी गराएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपालले नगरपालिकाले विकास इर्मन र सेवा प्रवाहलाइ संगसंगै अगाडी बढाउदै लागिएको जानकारी दिदै स्थानीयले महसुश गर्ने गरि विकासका कामहरु भएको बताएकी थिइन। कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले उपस्थित सबैलाई धन्यवाद दिदै वडा कार्यालयले सेवाग्राहीको चहाना अनुसार काम गरिरहेको जानकारी गराउदै आगामी दिनमा पनि सेवाग्राहीकै चाहना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभाबकारी हुने  भन्दै  निर्धारित समय भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाइ  अनुरोध गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।