भागरथीको बलात्कार र हत्या आरोपमा उनकै सहपाठी पक्राउ

कपन अनलाइन

काठमाडौं ,फागुन ५।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपमा १३ दिनपछि उनकै एक सहपाठी पक्राउ परेका छ्न् ।

प्रकाउ पर्नेमा १७ वर्षीय एक युवक छन् । उनी भागरथीका छिमेकी समेत रहेको खुलेको छ । आरोपी युवाले शुरुमा भागरथीलाई सानो भीरबाट लडाई दिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

तपाइँको प्रतिक्रिया ।