स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ कर्मचारी पक्राउ

स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ कर्मचारी पक्राउ

कपन  अनलाइन

काठमाडौं ,फागुन २ ।

स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेत रहेका छन् ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन  ।

उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रिसालले बताए।

तपाइँको प्रतिक्रिया ।