चावहिल चुच्चेपाटीमा महिला भवन तथा पार्कको उद्घाटन

चावहिल चुच्चेपाटीमा महिला भवन तथा पार्कको उद्घाटन

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।काठमाडौं महानगरपालिका वडा नं. ६ चावहिल चुच्चेपाटीमा महिला भवन तथा पार्कको  उद्घाटन गरिएको छ ।काठमाडौं महानगरपालिका वडा नं. ६, र  बागमति प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको सहयोग र दिदि बहिनी महिला समुहको संयोजनमा निर्माण भएको दिदि बहिनी महिला समुह भवन तथा पार्क आज एक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा र काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले संयुक्त रुपमा रिबन काटी उदघाटन गरेका हुन ।

उद्घाटन पश्चात  कार्यक्रमलाई सम्बोधन गर्दै  वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले भवन र पार्क निर्माणमा महिला समुहले खेलेको भूमिकाको प्रशंसा गर्दै समुहले आगामी दिनमा महिलाको विकासका लागि काम गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।त्यसै गरि काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले महिला विकासका लागि सहयोग गर्न वडा सँधैं तत्पर रहेको जानकारी गराउदै  सहकार्यका लागि आग्रह गरेका थिए ।

  कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वशन्त लामाले स्थानीय क्षेत्रको विकासका लागि सहयोग गर्न समिति सँधै अग्रसर  रहेको जानकारी गराएका थिए ।कार्यक्रममा दिदि बहिनी महिला समुहका अध्यक्ष गीता लामाले महिला भवन तथा पार्क निर्माणमा सहयोग पुर्याउने  सबैलाई धन्यवाद व्यक्त गरेकी थिईन ।दिदि बहिनी महिला समुह भवन बागमति प्रदेश सभा सदस्य  छिरिङ दोर्जे लामाबाट पूर्वाधार विकास कार्यक्रम अन्तर्गत  १० लाख र पार्क  काठमाडौं महानगरपालिका वडा नं. ६ बाट ७ लाखको सहयोगमा निर्माण गरिएको हो ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समतिका सदस्य माया डोल्मा लामा, वडा नं. ६ का वडा सदस्यहरु नरेन्द्र कुमार थापा (भगवान), जयराम पुडासैनी, कमला बयलकोटी, लक्ष्मी श्रेष्ठ, चुच्चेपाटी गुठीका अध्यक्ष दिनेश लामा, दिदि बहिनी महिला समुहका पदाधिकारी सहित  स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।