गोकर्णेश्वर ९मा ९ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

गोकर्णेश्वर  ९मा ९ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फागुन १ ।गोकर्णेश्वर नगरपालिका वडा नं. ९मा  उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजनामा  ९ दिन सम्म चलेको उद्घोषण तथा भाषणकला तालिमको समापन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

  गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाको अध्यक्षतामा सम्पन्न भएको  समापन सत्रमा बोल्दै वडा अध्यक्ष थापाले  वडामा मानव संसाधनको क्षेत्रमा पनि लगानी गर्नुपर्छ भनेर सल्लाह भए बमोजिम तालिममा लगानी गरिएको बताए ।आगामी दिनमा अझै लामो समयको तालिम आयोजना गर्ने व्यवस्था मिलाउन सहभागीहरुले सुझाव समेत दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  तालिममा सहभागिहरुको प्रस्तुतिले तालिम सफल भएको संकेत गरेको भन्दै सहभागि र प्रशिक्षकलाई धन्यवाद व्यक्त गरेका थिए  । चालिसेले कतिपय कार्यक्रमहरु तलिमका लागि तालिम मात्र हुने गरेकोमा तालिममा सहभागिहरुको प्रस्तुती र आत्मविश्वास देख्दा नगरपालिकाले गरेको  लगानी सदुपयोग भएको भन्दै खुसि व्यक्त गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालले  महिलाहरु बलियो भए घरपरिवार समाज बलियो हुने भएकोले महिला सशक्तिकरणमा महिलाहरु एकजुट भएर कार्य गर्न आवश्यक रहेको बताएकी थिइन् । उनले समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यकता रहेको बताउदै देशलाई समृद्द बनाउन महिलाको क्षमता अभिबवृद्धि गराउनुपर्नेमा जोड दिएकी थिईन ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले समाजको विकासको लागि महिला र पुरुष दुबै सशक्त हुनु पर्ने भएकोले समाजले पछाडि पारिएका महिलाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको बताएका थिए  । तालिममा २५जना महिलाहरुले सहभागिता जनाएको आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।