चिसंखुगढी गाउँपालिकाले नक्कली डीपीआर बनाएको राज्यमन्त्री अम्बिर गुरुङको आरोप

चिसंखुगढी  गाउँपालिकाले नक्कली डीपीआर बनाएको राज्यमन्त्री अम्बिर गुरुङको आरोप

कपन अनलाइन

काठमाडौं ,फागुन १।

प्रदेस नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिर बाबु गुरुङले चिसंखुगढी गाउँपालिकाले नक्कली डीपीआर बनाएको आरोप लगाएका छन।

नेकपा ओली पक्षले ओखलढुंगा जिल्लाको  चिसंखुगढीमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै गुरुङले आफुले निर्वाचनका दौरान गरेको बाचा पुरा गर्दा पनि स्थानीय सरकारले ति कुराहरुको प्रचार नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन।

उक्त गाउँ पालिकाको स्थानीय सरकारले कहिले पनि प्रदेस र संघीय सरकार संग समन्वय नगरेको आरोप लगाउदै स्थानीय सरकारले केहि दलाल प्रवृतिका व्यक्तिको प्रभावमा परेर योजना निर्माणमा बेवास्ता गरेको बताएका थिए।

उक्त गाउँपालिकामा रहेको खानेपानीको समस्या समाधानका लागि प्रदेस सरकार बाट विभिन्न योजनाहरु संचालन गरेको जानकारी दिदै गुरुङले आफ्नो क्षेत्रमा प्रदेस क्षेत्र चक्रपथ निर्माणलाई बहु वर्षीय योजना अन्तर्गत निर्माण भैरहेको बताएका छन।

जनताको सेवा गर्न जिल्लामा हेलिकप्टर चढेर आउँदा आफुलाई हेलिकप्टर माननीय भनेर उडाउने गरेकोमा दुख व्यक्त गर्दै राज्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्षले जनताको काममा उदासीनता देखाउदै आफुलाई कार्यक्रमहरुमा निम्ता समेत नगरेको बताएका छन।

ओखलढुंगा जिल्लाको भौतिक पूर्वाधार विकासमा बिस्तृत परियोजना प्रतोवेदन (डीपीआर ) बनाउनु पहिलो र अनिवार्य शर्त रहेको धारणा राख्दै राज्यमन्त्री गुरुङले सो कार्यमा गाउँपालिकाले सधै नकारात्मक हुने बताएका थिए।

चिसंखुगढीको ऐतिहासिकता र महत्वको संरक्षणका लागि गढी निर्माण र अध्ययनका लागि पटक पटक आग्रह गरेर बजेट विनियोजन गर्दा पनि काम नभएकोमा आश्चर्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले पेस गरेको गाउँपालिकाको डीपीआर नक्कली रहेको गम्भीर आरोप लगाएका छन।

त्यस्तै सो गाउँपालिकामा भएका अनियमितता र गलत कामको छानविन अख्तियार दुरुपयोग अनुसन्धन आयोगले गर्ने भन्दै उनले गाउँपालिकाले सधै विकासका काममा अवरोध गर्ने गरेको आरोप लगाएका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।