मुक्तकहरु : दुर्गा अधिकारी ‘भमरकोटे

मुक्तकहरु : दुर्गा अधिकारी ‘भमरकोटे

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।

’मेरा हात नासिएर कमजोर भएको छु ।
यिन्मा माया गाँसिएर कमजोर भएको छु ।
मेरो माया गर्छु भन्ने प्राण प्यारा दाजुभाइ,
विदेशमा भासिएर कमजोर भएको छु ।

मेरो मन च्यात्तिएर पागल भएको छ ।
रक्सी धोकी मात्तिएर पागल भएको छ ।
कसो गरि धान्ने होला एक्लो दुखी जिबन,
कोरोनाले आत्तिएर पागल भएको छ ।

हिजो साझ बिदा दिन विमानस्थल गएँ ।
विदेशीने जमात देख्दा अचम्मित भएँ ।
बिदागर्न गएका ती बुबादाजु बहिनी,
खुसी कोही देखिएनन दुखसाथ कएँ ।

स्वर्गानन्द दिने तिम्रो हात लागेकोथ्यो ।
घाती मन फेर्न बर्ष सात लागेकोथ्यो ।
व्यर्थ भयो कष्ट झेलि मिलाएको जोडी,
गाउँ घर हल्लाचलि बात लागेकोथ्यो ।

संसारले बजाउने मादल भएको छु ।
बिनाबर्षा डुली हिड्ने बादल भएको छु ।
चाहान धेरै पूरा गर्न सकिन कसैको,
दुनियाँको नजरमा पागल भएको छु ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।