चट्याङ नपरे हुन्थ्यो : ललिता ‘दोषी’

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।

जून ओर्लन नपाउँदै
आकाशमा उही–उस्तै
पत्रपत्र परेका बादलहरू
खोइ … ?
कसरी पो नियालूँर सान्नानी !
जूनका कान्तिमय किरणहरू ?

साँच्चै थाहा छैन
उषा आउँछे या आउन्न
बस्तीबस्तीहरूमा
म त सधैँ
रात पोखिएको देख्छु
र निस्तब्ध आकाशलाई सोध्छु
तँकहिले उघ्रिन्छस ह ?

अहँ, पटक्कै बौल्दैन आकाश
सायद,
ऊ रगतबमन गर्नुमै गर्व गर्छ
र गर्जन्छ
गड्याङगुडुङ–गड्याङगुडुङ
म भयातुर हुँदै सोच्छु
कठै ! हामी उभिएको सिङ्गो घरातलमा
अब त चट्याङ नपरे हुन्थ्यो !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।