गजल : अनिता भण्डारी पौडेल

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।

मायादिने भन्दा गालीदिने बढी छन् यँहा
बनावटी कुराले मन टाली दिने बढी छन् यँहा

जस्जसमा पोखिए आफ्ना मनका कुरा
उस्उसले नै आगो बालीदिने बढी छन् यँहा

चिप्लो घसीघसी हु बहु उस्तै उस्तै पार्छन
बलेको आगोमा घ्यू हालीदिने बढी छन् यँहा

विश्वास दिलाई कसमखुवाई पनि सुनाउँनु पर्ने
चाहिदा आफ्नै नचाहिँदा फालीदिने बढी छन् यँहा

सुन्नु गुन्नु तिनका कुरा विश्वास कहिल्यै नगर्नु
समय अनुसार पाइला चालीदिने बढी छन् यँहा ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।