गीत : विजय कट्टेल ‘छहरा’

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।

यो भूमिहाम्रै हो यो कालापानी यो लिपुलेक
लिम्पियाधुरा हाम्रै हो काँगडा टिष्टा
नेपाली बीर लडेको भूमि हाम्रै हो ।

बैरीले हाम्रो देशको सिमा सारेर माटो लुट्तैछन्
नेपालीहरु बाँधेर हात बस्तैनन् अब जुट्तैछन्
पुर्खाले पोखे रगतआँसु चुपलागे कठै पापलाग्ला
अमर भक्ति थापाको शीर झुकेमा ठूलो श्रापलाग्ला ।

हट्तैनौँ पछि देशको निम्ति ज्यानको बाजी लगाउछौँ
बैरीको शीर ढालेर सामु विजयउत्सव मनाउछौँ
यो देश हाम्रो फूलको बारी कसैले आँखा नलाउनू
सिमाना सार्दै नेपाली भूमि हडप्न बैरी नआउनू ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।