काव्यिक यात्रा : दुर्गा रिमाल

काव्यिक यात्रा : दुर्गा रिमाल

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।

रचना कविका राम्रा काव्यभित्र अटाउने
लयबद्ध अनुच्छेद भावनामा पठाउने

यात्रा अनन्तहो काव्य निरन्तर अगाडि छ
गन्तव्यमा हिंडेको छ यात्राको पहिचान छ ।

सहीसलामती यात्रा रोकावट नहोस है
काँडेबार कतै आए बनी हावा उडोस है

यात्रा जीवन हो काव्य यात्रामा परमाणु छ
यात्रामा जीवको आयु यात्रामा छ उही शिव

यात्रा काव्यिक हो हाम्रो सन्देश काव्य वाहक
यात्राभित्र रमेको यो काव्यको यात्रु साधक ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।