स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी प्रेम र विजय श्रेष्ठको जोडीलाई

स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी प्रेम र विजय श्रेष्ठको जोडीलाई

कपन अनलाइन

काठमाडौँ, फागुन १ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा सोमबार बाट शुरु भएको उक्त प्रतियोगिताको उपाधि प्रेम कुमार श्रेष्ठ र विजय श्रेष्ठको जोडीले हात पारेका छन।

  आज बिहान प्रेम कुमार श्रेष्ठ र विजय श्रेष्ठको जोडीले  नवराज श्रेष्ठ र  बिक्रम श्रेष्ठको जोडीलाई २१- १७ र २१- १२  अंकको सोझो सेटमा पराजित गर्दै उपाधि माथि कब्जा जमाएका छन। जित संगै उनीहरुले नगद रु दशहजार ,ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दितीय हुन सफल भएका नवराज श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले नगद रु ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यसै गरि आजै  तेस्रो स्थान को लागि   राम हरि श्रेष्ठ र हरिदास श्रेष्ठको जोडी संग  राजन श्रेष्ठ र सुरेश तामाङको जोडी भिडेका थिए ।

जसमा राजन श्रेष्ठ र सुरेश तामाङको जोडीले राम हरि श्रेष्ठ र हरिदास श्रेष्ठको जोडीलाइ क्रमश २१-११ र २१ १३ अंकको सोझो सेटमा पराजित गर्दै तृतीय हुन सफल भएका छन। तृतीय स्थान प्राप्त गरे संगै उनीहरुले ट्रफी मेडल र प्रमाणपत्र हात पारेका   छन  ।

बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , समाजसेवी गोबिन्द बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए   नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो। उनकै बार्षिक पुण्य तिथिको अवसरमा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने  र गोकर्णेश्वर नगरपालिका वडा नं ४  भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ सुरु गरिएको सो  प्रतियोगितामा १६ टिमको सहभागिता रहेको  थियो ।

  गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त पुरस्कार वितरण समारोहको संचलान युवा जागरण क्लब (GFG)का सल्लाहकार ज्ञानकुमार श्रेष्ठले  गरेका थिए । स्व. गोपाल श्रेष्ठको आत्माको शान्तीको लागि  मौन धारण  सहित शुभारम्भ गरिएको उक्त  सो कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसे,प्रमुख सल्लाहकार दिपक रिसाल , समाजसेवी गोबिन्द बहादुर श्रेष्ठ, समाजसेवी बाल कृष्ण श्रेष्ठ  (लाक्स), गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै स्व. गोपाल श्रेष्ठले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

 प्रतियोगीता सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्नेहरुलाई धन्यबाद सहित सम्मान गरिएको थियो ।सो कार्यक्रममा स्व. गोपाल श्रेष्ठको परिवार सहित खेलाडी खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।प्रतियोगितामा श्रीकृष्ण कारंजितले  निर्णायकको भूमिका निभाएका थिए।  फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।