हेल्मेट नलगाएको निहुँमा बुढानिलकण्ठ -३ का युवा र ट्राफिक प्रहरी विच कुटाकुट

हेल्मेट नलगाएको निहुँमा बुढानिलकण्ठ -३ का युवा र ट्राफिक प्रहरी विच कुटाकुट

कपन अनलाइन

काठमाडौं ,फागुन १।

काठमाडौको  गोंगबुमा बरखी बारेका व्यक्ति र दुई जना ट्राफिक प्रहरीबीच हेल्मेट नलगाएको विषयमा झगडा भएको छ।शुक्रबार साँझ काठमाडौंको गोंगबु बसपार्कमा ३० वर्षीय आसिफ देउला र दुई जना ट्राफिक प्रहरीबीच झगडा भएको हो ।

बुढानिलकण्ठ नगरपालिका-३ बस्ने देउलाले बरखीका कारण हेल्मेट नलगाएको कारण  सामाखुसीमा ट्राफिक प्रहरी र देउलाबीच हेल्मेट नलगाएको विषयमा विवाद भएको थियो र बरखी भनेपछि ट्राफिकले कागजपत्र देखाउनु भन्दा नदेखाउने जस्तो कुरा गरेको कारण उक्त झगडा भएको थियो।

त्यस पश्चात प्रहरीले देउलालाई चौकी लान खोज्दा एक पक्षले अर्को पक्षलाई कुटपिटको आरोप लगाउदै झगडा भएको स्थानीयले बताएका छन।
 ट्राफिकका प्रहरी जवान विवेक नकाल र देवानन्द साह संग झगडा भए पछि  देउलालाई उपचारको लागि काठमाडौंको पिपुल्स अस्पताल लगिएको थियो। बाहिरी चोट पटक नलागेका उनलाई  उक्त अस्पतालमा सामान्य उपचार गरिएको थियो। उक्त  घटनाको  अनुसन्धान गरी आवश्यक परेमा कारबाही समेत गर्ने प्रहरी ले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।