भुइँमान्छेका छायाँहरु : राजेश अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन १।

प्रचन्ड घामको रापमुनी
बेल्चा र खन्तीबोकेका
सयौं ख्याउटे छायाँहरु
चट्टानीपहरा फोडिरहन्छन्
उबडखाबड डाँडा सम्याइरहन्छन्
तीभोका र मरन्च्याँसे छायाँहरुको
पसिनाले भिजेको भूमीमाथि
एउटा सुन्दर सडक बन्छ
सडकमा भुँडे छायाँहरु बोकेर
गुड्ने चिल्ला मोटरका पैयाँहरु
तिनै कर्र्मी भुइँमान्छेका छायाँहरुको
आस्थाकिच्दै गुडिरहन्छन्
उनिहरुको ब्यथितबिवसता
र सुस्केरालाई बलत्कार गर्दै
हुइँहुइँहुइँकिरहन्छन्
सजीव छायाँहरुले
अरु थुप्रै जीवन्त छायाँहरुका
भावनाहरुलाई कुल्चिरहन्छन्
कुर्सीनाथका स्वार्थी छायाँमुनी
नाचिरहने चम्चे छायाँहरु
अनिचाप्लुस चम्चेका छायाँमुनी
आस्वासन हसुरेर डकारिरहेका
उल्लू भुइँमान्छेका छायाँहरु
आशाको कटौरामा भिख माग्दै
यत्रतत्र सर्वत्र भौंतारिरहन्छन्
कोठीवाली बाईको इसारामा
नाच्नु पर्नेबिवस बेश्याहरु
श्वास धान्ने गाँसको खातिर
आफुलाई बेचिरहेछन्
सयौं गरुडका छायाँमुनी
बाँच्नबिवस सर्प झैं नारीरुपी
भुइँमान्छेका छायाँहरु
जीवनकाअँध्यारा कोठाहरुमा
पलपलमर्दैबाँचिरहेछन्
मुटुको बाँधभात्किएर
भक्कानाकाभेलहरु
छाती चिर्दैउर्लिरहन्छन्
आँखाको ताल फुटेर
आँसुका उत्ताउला छालहरु
परेलीभिजाउँदै छचल्किरहन्छन्
बेदनाको जठराग्निले पोलेर
निर्झर संवेगहरू
मनको कसौंडीमा उम्लिरहन्छन्
मर्मस्पर्शी ब्यथाका चड्कनहरुले
निमुखा भुइँमान्छेकादिलहरु
आतिएर दुखिरहन्छन्
निर्बल भुइँमान्छेका घाउहरु
अविरल चर्किरहन्छन्
पीडित भुइँमान्छेकाभाग्यहरु
पटपट फुटिरहन्छन्
उपल्लादर्जिय मान्छेका
भारले थचक्कथिचिएका
बिवस भुइँमान्छेकाजीवनहरु
जिन्दगीको तीतो धरातलमा
ब्यथित भै तड्पिरहन्छन्
कुन्ठित भै बाँचिरहन्छन्
मान्छेको भूगोलभन्दा पर
अरू कुनै विचार हुँदैन
मान्छेको आत्मसम्मानभन्दामाथि
अरु कुनै आकाशहुँदैन
मान्छेको मुल्यभन्दा ठुलो
अरु कुनै सम्पतीहुँदैन
हे छायाँका असली रुपहरु
आओ यथार्तताको रङ्गमन्चमा
हातमाहातमिलाऔं
वर्षौं देखि थिचिएका र चिथोरिएका
भुइँमान्छेका कुरा सुनौं
उनिहरुका रहरलाई एकत्रित गरी
मान्छे नै गुनगुनाएको सङ्गीत भरौँ
मान्छे नै मगमगाएको सुगन्ध छरौं
मान्छेभित्रको मानवतालाई उजागर गरौं ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।