कल्पेश्वर मावी बिलन्दुको व्यवस्थापन समिति अध्यक्षमा नवराज केसी

कल्पेश्वर मावी बिलन्दुको व्यवस्थापन समिति अध्यक्षमा नवराज केसी

कपन अनलाइन

ओखलढुंगा ,माघ २९ ।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ८ मा रहेको  कल्पेश्वर मावी बिलन्दुको विद्यालय  व्यवस्थापन समितिको  अध्यक्षमा नवराज केसी  पुन चयन भएका छन ।

विद्यालयमा भएको अभिभावकहरुको भेलाले अध्यक्ष केसी सहित डिल बहादुर गुरुङ ,कल्पना गुरुङ देवी गुरुङ खत्री ,गीता गुरुङ र चन्द्र बहादुर गुरुङलाई सदस्यमा चयन गरेको थियो।

साविक बिलंदु गाविसको एक मात्र मावी विद्यालय रहेको कल्पेश्वर मावीमा प्राविधिक शिक्षाको पनि पठन पाठन हुदै आएको छ। समितिका अन्य सदस्यहरु शिक्षा नियमावली अनुसार चयन हुने विद्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।