काठमाडौंको विरोधसभा स्थल सरसफाईमा बुढानिलकण्ठका युवाहरु

काठमाडौंको विरोधसभा स्थल सरसफाईमा बुढानिलकण्ठका युवाहरु

कपन अनलाइन

काठमाडौं ,माघ २९।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड -नेपाल समुहले गरेको विरोध सभा स्थल सरसफाईमा बुढानिलकण्ठका युवाहरु सक्रिय देखिएका छन।

बुढानिलकण्ठ नगरपालिकामा सरसफाई अभियान र विभिन्न सामाजिक कार्यगर्दै आएका सामिन र नोभी हार्म लगायतका संस्थाहरुमा सक्रिय रहेका सुबिन चालिसे ,विवेक अधिकारी र खेलाडी सुरज चालिसे लगायतका युवाहरुले कार्यक्रम समापन पश्चात सरसफाई अभियान संचालन गरेका थिए।

पहिलो विरोध सभा स्थल सरसफाई नहुँदा आलोचना भएपछि  यस पटक विरोध सभा स्थल सरसफाईमा केन्द्रीय  संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ आफै सक्रिय देखिएका थिए। सो अवसरमा नेकपाका स्वयंसेवकहरुले भद्रकाली , भृकुटी मण्डप , रत्नपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको सुबिन चालिसेले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।