ओखलढुंगा कांग्रेसका “बागी ” ज्ञानेन्द्र रुम्दाली भन्छन :पहिलाकै कथा दोहोरियो भने फेरी बागी उठ्छु

ओखलढुंगा कांग्रेसका “बागी ” ज्ञानेन्द्र रुम्दाली भन्छन :पहिलाकै कथा दोहोरियो भने फेरी बागी उठ्छु

कपन अनलाइन

काठमाडौं ,माघ २८।

नेपाली कांग्रेस ओखलढुंगामा लामो समय देखि सक्रिय रहेका ज्ञानेन्द्र रुम्दाली  २०६४ र २०७४ निर्वाचनमा “बागी ” उम्मेदवार बने पछि जिल्ला बाहिरको राजनीतिक वृतमा पनि चर्चामा आएका थिए।

२०६४ शालको पहिलो संविधान सभाको निर्वाचनमा बालाराज कार्कीको विरुद्धमा बागी बनेका रुम्दाली २०७४ शालको प्रदेस सभा निर्वाचनमा जिल्ला सभापति प्रदिप सुनुवारको विरुद्धमा बागी उम्मेदवार बनेका थिए।२०६४ मा उम्मेदवार बनेका बालाराज कार्की र २०७४ मा प्रदेस सभा सदस्य बनेका प्रदिप सुनुवार दुवै ओखलढुंगा क्षेत्र नं १ का नेता हुन्।

दुवै निर्वाचनमा बागी बन्नुमा गैर भूगोलको उम्मेदवार पार्टीले दिएकोले त्यसको प्रतिरोध रहेको बताउदै  रुम्दालीले आफु जहिले पनि नेपाली कांग्रेसको नीति ,बिधि र सिदान्तमा रहेर सक्रिय हुने भन्दै २०७० शालको निर्वाचनमा रामहरी खतिवडालाई सघाएको स्मरण गरेका थिए।

अव फेरी निर्वाचन आउन लागेको छ फेरी बागी उम्मेदवार बन्नुहुन्छ ?  भन्ने कपन अनलाइनको प्रश्नमा रुम्दालीले पार्टीले आफ्नो आवाज बेवास्ता गर्दै अन्य क्षेत्र बाट उम्मेदवार उठायो भने पुन बागी बन्ने घोषणा गरेका छन।

ओखलढुंगा जिल्लाका दुई प्रदेस निर्वाचन क्षेत्रमा भूगोलमा लामो समय देखि त्याग र योगदान गरेका ब्यक्तीहरुको अबमुल्यन हुने गरी फरक निर्वाचन क्षेत्र बाट उम्मेदवार चयन गर्नु नहुने भन्दै उनले ओखलढुंगा कांग्रेसले अवका दिनमा आफुलाई बागी उठन बाध्य नपर्ने विस्वास ब्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।