लायन्स क्लव ईन्टरनेशनल डाइरेक्टरको लागि नेपालका लायन खगेन्द्र सिटौलाले आशय पत्र बुझाए

लायन्स क्लव ईन्टरनेशनल डाइरेक्टरको लागि नेपालका लायन खगेन्द्र सिटौलाले आशय पत्र बुझाए

कपन अनलाइन

काठमाडौँ, माघ २८।लायन्स क्लव ईन्टरनेशनलको डाइरेक्टरको लागि नेपालका लायन खगेन्द्र सिटौलाले आशय पत्र बुझाएका छन । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ नेपालको पुर्व  डिस्ट्रिक गभर्नर,  मल्टिपल डिस्ट्रिक ३२५को पास्ट मल्टिपल काउन्सिल चियरमेन एबम हालका ग्लोबल एक्सन टिम  (GAT) एरिया लिडर लायन खगेन्द्र सिटौलाले माघ २६ गते उक्त पत्र बुझाएका हुन ।सोहि दिन बेलुका बौद्ध स्थित कुशल ब्यान्केटमा एक कार्यक्रमका बीच उनले लायन्स क्लव ईन्टरनेशनलको डाइरेक्टर पदको लागि उम्मेद्वारको औपचारिक घोषणा  गरेका हुन।

उक्त कार्यक्रम पुर्व डिस्ट्रिक गभर्नर लायन लिला कुमार ढुंगेलले गरेका थिए सो कार्यक्रममा पुर्व मन्त्रि कृपाशुर शेर्पा, पुर्व अर्थमन्त्री शंकर कोइराला,पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन दिनेश पौडेल , पास्ट डिस्ट्रिक गभर्नर राजकुमार सिन्धी, पुर्व डिस्ट्रिक गभर्नर लायन गौतम मान श्रेष्ठ, लायन भूगोल सेरचन  पुर्व अर्थमन्त्री शंकर कोइराला,

 पुर्व डिस्ट्रिक गभर्नर एबम हालका GST मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल , डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की लगायतले शुभकामना मन्तब्य सहित लायन्स क्लव ईन्टरनेशनलको डाइरेक्टरको रुपमा लायन खगेन्द्र सिटौलालाइ देख्न पाइयोस भन्ने शुभकामना ब्यक्त गरेका थिए। उनीहरुले नेपाली लायन्स  एक जुट भएर सहमतिका साथ लायन्स खगेन्द्र सिटौलालाइ समर्थन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।