बिशेष अफरका साथ बौद्धमा खास्ती बेकरी क्याफे र मार्ट संचालनमा आउदै

बिशेष अफरका साथ बौद्धमा खास्ती बेकरी क्याफे र मार्ट संचालनमा आउदै

कपन अनलाइन

काठमाडौँ, माघ २८ ।काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा खास्ती बेकरी क्याफे  र खास्ती मार्ट संचालनमा आउने भएको छ । नेपाली अर्गानिक कफी र ताजा बेकरी उपलब्ध गराउने गरि खास्ती नामक बेकरी क्याफे र मार्ट संचालनमा ल्याउन लागिएको संचालक राजेश श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए  ।

एकैपटक १०० जना अट्ने क्षमता सहितको  आकर्षक सजावटका साथ संचालनमा ल्याउन लागिएको उक्त बेकरी क्याफेले ग्राहकहरुले आफुले चाहे बमोजिमका केक, बर्थडे केक, ब्राउन ब्रेड, क्रोसेंट, कुकिज, मफिन, चोकोलाभा, प्याटिज, पिजा, ब्रेकफास्ट, , पास्ता, स्यान्डविच, बर्गर, रोल लगायतका बेकरी परिकारहरु आफैंले उत्पादन गरेर ग्राहकको सन्तुष्टि मेट्ने संचालक श्रेष्ठले  जानकारी दिएका छन् ।

बेकरी क्याफे र मार्टले  आफ्ना ग्राहकलाई नेपाली शुद्द अर्गानिक कफीको स्वादमा बिभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका हट एण्ड कोल्ड कफी बेभरेज समेत  उपलब्ध गराउने छ । माघ ३०, फागुन १ र २ गते  बिशेष छुट सहित को सरप्राइज  प्याकेजको  व्यवस्था गरिएको  जानकारी गराउदै उनले  सो दिन लक्की ड्र मार्फत आकर्षक पुरस्कारका साथै कफी  र पेस्ट्री कम्प्लिमेन्टको रुपमा प्रदान गरिने पनि जानकारी गराए।

साथै सोहि दिन बाट खास्ती मार्टको समेत  सुभारम्भ गरिने बताउदै  स्थानीय उपभोक्तालाई सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उदेश्य सहित  मार्ट सञ्चालनमा ल्याएको उनले बताए। मोफसलका ग्राहकलाई समेत आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याउन लागिएको  जानकारी दिदै  मार्टमा  दैनिक उपभोग्य सामग्रीहरु सुपथ मुल्यमा पाइने जानकारी गराए ।उनले मार्टमा आउने ग्राहकहरुलाई पनि माघ ३० फागुन १ र २ गते बिशेष  छुट सहितका अफर प्रदान गरिने जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।