शंखरापुर नगरपालिका -१ नाङ्लेभारेमा उद्द्घोषण तथा प्रतिबेदन प्रस्ताब लेखन तालिम सम्पन्न

शंखरापुर नगरपालिका -१ नाङ्लेभारेमा उद्द्घोषण तथा प्रतिबेदन प्रस्ताब लेखन तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ २८।  शंखरापुर नगरपालिकाको वडा न १ स्थित नाङ्लेभारेमा उद्द्घोषण तथा प्रतिबेदन प्रस्ताब लेखन तालिम सम्पन्न भएको छ।  माघ २१ गते देखि माघ २७ गते सम्म चलेको सो तालिम समापन सत्रमा प्रशिक्षार्थीहरुलाई शंखरापुर नगरपालिका  प्रमुख  सुबर्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरेका  थिए ।

 उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले तालिमले नेतृत्व विकासमा मद्दतपुग्ने बिश्वास ब्यक्त गर्दै एकेडेमी शिक्षाको साथ साथै प्राबिधिक शिक्षा पनि आबश्यक रहेको बताएका थिए ।भुगोलको हिसाबले शंखरापुर नगरपालिकाको विकट क्षेत्र रहेको नाङ्लेभारेका युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न तालिम उपयोगी हुने बताएका थिए ।

 उनले सहभागीहरुलाई सिकेका ज्ञानलाइ ब्यबहारमा लागु गर्न समेत अनुरोध गरेका थिए । नगरपालिकाको उद्घोषण तथा प्रतिवेदन लेखन ब्यवस्थापन समितिको आयोजनामा ६ दिन सम्म संचालन भएको  उक्त तालिममा १३ जना प्रशिक्षार्थीहरू सहभागि भएका थिए । तालिममा सहभागि प्रशिक्षार्थीहरूलाइ प्रशिक्षकहरू प्रकाश ढकाल, राम कुमार खतिवडा, सुभद्रा पुडासैनी र राम मणि ढकालले प्रशिक्षण दिएका थिए ।

फोटो : शंखरापुर न्युज

 

तपाइँको प्रतिक्रिया ।