नारायणहिटीको सडकमा बुढानिलकण्ठका मेयर …

नारायणहिटीको सडकमा बुढानिलकण्ठका मेयर …

कपन अनलाइन

काठमाडौं ,माघ २४।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले माघ २३ गते आयोजना गरेको आम सभामा बुढानिलकण्ठका प्रमुख उद्दव खरेल निकै सक्रिय र उत्साहका साथ सहभागी रहेका थिए।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा सानदार विजय प्राप्त गरेर नगरपालिकाको बागडोर सम्हालेका  खरेल नेकपामा देखिएको विवाद संगै प्रधानमन्त्री ओलीको पक्षमा खुलेरै सक्रिय बनेका छन।

आफ्नो १६ वर्षे स्थायी जागिर छोडेर २०५४ शालमा साविक चपली गाविसको अध्यक्ष बनेका खरेल माघ २३ गते नगरपालिकाका १३ वटै वडा बाट सभामा आएका सहभागीहरु संग अन्तक्रिया र फोटो सेसनमा ब्यस्त र मस्त देखिन्थे। त्यस्तै सभामा सहभागीहरु पनि नगरप्रमुख खरेल संग फोटो सेसन गर्न उत्सुक देखिन्थे।

शाखा,इलाका,क्षेत्र,रास्ट्रिय प्रतिनिधि परिसद,प्रदेस कमिटी हुदै केन्द्रीय सदस्य बनेका खरेल यसरि पुलकित र उत्साही हुनुमा उनले पार्टीमा कित्ताकाट रहेको अवस्थामा ६२ मध्ये ५५ भन्दा बढी जनप्रतिनिधिलाई आफु संग उभ्याउन सफल हुनु रहेको एक बुद्दिजीवीले बताएका छन।

रास्ट्रपति,उप रास्ट्रपति,कांग्रेस सभापति,उपप्रधानमन्त्री लगायतका उच्च पदस्त व्यक्तिहरुको सिधा चासो रहने बुढानिलकण्ठ नगरपालिकाका प्रमुख खरेलले पछिल्लो समयमा आफ्नो संगठनात्मक अनुभवलाई प्रयोग गर्दै पार्टीमा पनि  नेकपा ओली पक्षको बलियो पकड कायम राख्न सफल भएका थिए। जसलाई सभामा उनमा देखिएको स्फुर्तिले प्रस्ट देखाइरहेको थियो।

काठमाडौं क्षेत्र नं ४ र ५ को संगठन तथा संसदीय क्षेत्रको जिम्मेवारी बहन गर्नुपर्ने दायित्वमा रहेका खरेलमा देखिएको अहिलेको उर्जा नगरपालिका र जनता ,जनता र पार्टी ,पार्टी र कार्यकर्ता संग जोड्ने सेतुमा परिणत हुनुपर्ने एक नेता बताउछन।

सभामा नगर प्रमुख उर्जा र उत्सुकता नजिक बाट देखेका  उनले प्रमुखका रुपमा खरेल संग अव रहेका  करिव ४५० दिनलाई कसरि उपयोग गर्छन त्यसमा धेरै आयामहरु जोडिएको टिप्पणी गरेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।