ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको संयोजकमा कुमार घिमिरे

ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको संयोजकमा कुमार घिमिरे

कपन अनलाइन

काठमाडौं , माघ २४।

ओखलढुंगा -काठमाडौं सम्पर्क मंचको संयोजकमा कुमार घिमिरे चयन भएका छन । काठमाडौंको नव दुर्गा पार्टी प्यालेसमा भएको भेलाले घिमिरेलाई संयोजक र राम कुमार  पौडेललाई सचिवमा  चयन गरेको हो।

२०५० शालमा तत्कालिन नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका घिमिरे अनेरास्ववियु ओखलढुंगा -काठमाडौं सम्पर्क कमिटीको सदस्य हुदै अध्यक्ष बनेका थिए भने २०५२ शालमा गठन भएको ओखलढुंगा -काठमाडौं सम्पर्क मंचको सदस्य रहेका थिए।

घिमिरे ओखलढुंगा -काठमाडौं सम्पर्क मंचमा कोषाध्यक्ष हुदै २०६२ शालमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने पार्टी एकता अघि सगरमाथा अंचल सम्पर्क कमिटीका सचिवालय सदस्य रहेका थिए।

पार्टी एकता पश्चात प्रदेस -१ सम्पर्क समन्वय कमिटी सदस्य रहेका घिमिरे करिव २ दशक देखि कानुन व्यवसायीका रुपमा सक्रिय रहेका छन। विषम परिस्थितिमा अनुभवी र सक्रिय नेतृत्वको भेलाले माग गरेको बताउदै संयोजक घिमिरेले आफुले सो गहन जिम्मेवारीका लागि तयार भएको धारणा राखेका छन।

घिमिरेले सम्पर्क मंचको नेतृत्व सम्हाले संगै ओखलढुंगा जिल्लाको बामपन्थी राजनीतिमा प्रभावशाली भूमिका खेल्ने वकिल समुह  विभाजित बनेको छ। सो समुहका नानीबाबु बुढाथोकी, सुरेन्द्र बोगटी र तिर्थ सुवेदी नेकपा ओली पक्षमा सक्रिय देखिएका छन भने सम्पर्क मंचको स्थापना काल देखि निरन्तर सक्रिय रहेका शान्तिराम खतिवडा र कुमार घिमिरे प्रचण्ड नेपाल समुहमा देखिएका छन। त्यस्तै सम्पर्क मंचका पुर्व अध्यक्ष सिताराम राउतले ओली पक्ष संग राजननीतिक बार्गेनिंग गरीरहेको चर्चा अहिले नेकपा ओखलढुंगामा चलेको छ ।

 

तपाइँको प्रतिक्रिया ।