बुढानिलकण्ठको नगरसभामा स्थानीय संचार माध्यमलाई बन्देज,सुचनाको हक हननमा कसको आदेस ?

बुढानिलकण्ठको नगरसभामा स्थानीय संचार माध्यमलाई बन्देज,सुचनाको हक हननमा कसको आदेस ?

कपन अनलाइन

काठमाडौं , माघ २३।

बुढानिलकण्ठ नगरपालिकाको सातौ नगर सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाको वार्षिक कार्यक्रम ,योजना तथा कार्यक्रमहरु माथि गम्भीर छलफल र अन्तरक्रिया सहित योजना निर्माण गर्ने अत्यन्तै महत्वपूर्ण अवसरमा विगतका वर्षको इतिहास तोड्दै स्थानीय  संचार माध्यमहरुलाई बन्देज लगाइएको छ।

माघ २१ नगर सभा आयोजना गरिएको अनौपचारिक सुचना पाएका स्थानीय संचार मध्यमहरुले सो दिनको सन्ध्या सम्म विगतका वर्षहरुमा झैँ औपचारिक निमन्त्रणा आउने कुरालाई ध्यानमा राख्दै तयारी गरेपनि यस वर्ष कुनै सुचना प्राप्त नगरेपछि नगर सभामा अनुपस्थित रहेका थिए।

काठमाडौं जिल्लाका १० नगरपालिकाहरु मध्ये आफ्नै अनलाइन संचार माध्यम स्थापना तथा संचालन जस्तो रचनात्मक र सकारात्मक पहल गर्ने पहिलो नगरपालिका बनेको बुढानिलकण्ठ नगरपालिकाले नगरको नीति निर्माण गर्ने नगर सभामा स्थानीय संचार माध्यमलाई निमन्त्रणा नगर्नु प्राविधिक त्रुटी थियो कि नियोजित घटना ? यो प्रश्न अहिले चर्चाको विषय बनेको छ।

चालु आ.व. २०७७/०७८ काे बजेट कार्यक्रम स्वीकृत भएदेखी ६ महिना भित्र कार्यान्वयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्ध-वार्षिक समीक्षा र मुल्याङ्कन गरिने उक्त महत्वपूर्ण अवसरको प्रत्यक्ष प्रसारण मार्फत नगरवासीलाई सुसुचित गराउदै आएका स्थानीय संचार माध्यमहरु यस पटक उक्त हक बाट बन्चित भएका छन।

स्थानीय  संचार माध्यमको भूमिका र योगदानलाई अबमुल्यन गर्नुका पछाडी तिन वटा मुख्य कारण हुनसक्ने काठमाडौं खबरका प्रधान सम्पादक केशव राज पाठकले विश्लेषण गरेका छन।

पहिलो र मुख्य क़ुरा आफ्नो आजसम्मको नाकामयाब कार्यकालको डर नगर प्रमुखलाई रहेकोले मीडिया आयो भने प्रश्न गर्छन, गरेको केहि छैन भन्ने डर भएकाले जानिजानी नबोलाइएको हुनसक्ने बताउदै उनले अर्को क़ुरा नगरपालिकाले हालै एउटा आफ्नै संचारमाध्यम खोलेको छदैछ  अरुलाई किन गन्ने भन्ने भ्रम पनि मेयरलाई परेको हुन्सक्ने धारणा राखेका छन। त्यस्तै पाठकले तेश्रो कुरा जनप्रतिनिधिहरुलाई यहाँका मिडियाहरु  हुनु नहुनु को के मतलब ? भन्ने परेको वा पारिएको हुनसक्ने बताएका छन।

निरन्तरको प्राकृतिक सम्पत्ति दोहनको विरोध,कतिपय काम प्रति उदासिन र गैरजिम्मेवार कर्मचारीहरुलाई खबरदारी,जनप्रतिनिधिहरुको जवाफदेहिता माथि आवाज उठाउदै आएका स्थानीय संचार माध्यमलाई बेवास्ता गर्नुमा यिनै प्रवृति संग गासिएका पात्रहरुको भूमिका हुन् सक्ने अनुमान गर्न सकिने बीएसजी न्युजका विकास लामाको विश्लेषण रहेको छ।

नगर सभाको औपचारिक निमन्त्रणा नभएपनि आफु नगर सभामा पुगेको बताउने एचटिभी खबरका सबिन पन्तले नगर सभामा प्रस्तुत हुने प्रतिवेदन र विषयहरु सार्वजनिक गर्न अनिच्छुक रहेको महसुस गरेको धारणा राखेका छन। आफुले गरेका राम्रा कामको प्रचार नभएको भन्दै प्रत्येक भेटमा सकारात्मक चर्चा गर्ने जनप्रतिनिधिहरुले  २०७४ जेष्ठ १० गते सपथ खाएको दिन देखिनै निरन्तर प्रवर्धन गर्ने संचार माध्यमलाई यसरि उपेक्षा गर्नु आश्चर्यजनक रहेको उनको बुझाइ रहेको छ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी,नेपाली पत्रकारिताका अग्रज हस्ती बिजयकुमार पाण्डे,राससका सम्पादक श्याम रिमाल,बरिस्ट पत्रकार पुरुषोत्तम दाहाल,बरिस्ट पत्रकार हरि लम्साल,गोरखापत्रका केपी गौतम,दशकौ देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील बालकुमार नेपाल, प्रेस संगठनका नेता  विश्वमणी सुवेदी र राजेश राई ,पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल,माधव पौडेल,गोकर्ण अवस्थी,नवराज चालिसे लगायतको अभिभावकत्व पाएका बुढानिलकण्ठका करिव १ दर्जन भन्दा बढी स्थानीय संचार माध्यमहरुलाई बेवास्ता गरेर उपयोग गर्न नसक्नु दुखद हुने बुढानिलकण्ठमा लामो समय देखि स्थायी बसोवास गर्दै आएका एक बरिस्ट पत्रकारले बताएका छन।

प्राविधिक त्रुटी वा नियतवस जे भएपनि स्थानीय संचार माध्यमहरुलाई सूचनाको हक बाट बन्चित गराउनु उचित नभएको भन्दै एक अग्रज पत्रकारले कतिपय संचार माध्यमका प्रतिनिधिहरुको चाकरी शैलीको अनावस्यक हिमचिम पनि यसको एउटा कारण हुन् सक्ने बताउछन।   हेर्दा सामान्य लाग्ने तर सारमा निकै गम्भीर यो घटनाले सुशासनको मूल नारा बनाएका नगर प्रमुख उद्दव खरेल,चाकरीमा चटनीको मात्रा मिलाउन नसकेर जनप्रतिनिधिको निशानामा परेका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, न सल्लाह न हल्ला नै गर्न सकेका नगरपालिकाका सल्लाहकारहरु , हरेक समाचारले सियो झैँ घोचेर आक्रोसित बनेका कर्मचारीहरु र सिंगो नगरपालिकालाई प्रश्न छोडेको उनको विश्लेषण रहेको छ। र त्यो प्रश्न रहेको छ ,”  बुढानिलकण्ठको नगरसभामा स्थानीय संचार माध्यमलाई बन्देज,सुचनाको हक हननमा कसको आदेस ?”

 

 

 

 

तपाइँको प्रतिक्रिया ।