लायन्स क्लब अफ काठमाडौं इन्फिनिटी द्वारा बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण

लायन्स क्लब अफ काठमाडौं इन्फिनिटी द्वारा बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौँ, माघ २१। जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् ।विभिन्न सामाजिक तथा मानविय सेवामा सक्रिय  लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीको आयोजना तथा बरिष्ठ समाजसेवी लायन देबकिशन मुन्दराको सहयोगमा  सामुदायिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लायन्स कपडा बैंक अन्तर्गत रहेर  जाडोको लागि न्यानो कपडा वितरण गरेको छ ।

 

मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल १ मुलखर्कको सुन्दरीजल आधारभूत बिध्यालय र कुने चिलाउनेको बागद्वार आधारभूत बिध्यालयमा  अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत उनको स्वीटर र टोपी वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका प्रेसिडेन्ट लायन राजकुमार भण्डारीले जानकारी  गराए ।उनका अनुसार   गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल १ मुलखर्कको सुन्दरीजल आधारभूत बिध्यालयमा अध्ययनरत ९० जनालाइ र गोकर्णेश्वर नगरपालिका वडा नं१  कुने, चिलाउने स्थित  बागद्वार आधारभूत बिध्यालयमा  अध्ययनरत ६० जना बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत उनको स्वीटर र टोपी वितरण गरेको जानकारी गराए ।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर , पुर्व डिस्ट्रिक गभर्नर तथा मल्टिपल हङर रिलिफ चियरपर्सन  लायन कुमारराज सुवेदी लायन उमेश ढुंगाना, लायन बच्चुराम शर्मा कुइकेल , लगायत आयोजक संस्थाका पदाधिकारीहरु सहित बिध्यालयका शिक्षक बिद्यार्थी र अभिभावकहरुको  उपस्थिति रहेको थियो  ।

चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने  उदेश्यले  उनीहरुलाई न्यानो कपडा प्रदान गरिएको   लायन मधुसुदन सिग्देलले जानकारी गराए ।कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले लायन्स क्लबले  सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए।   कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर तथा मल्टिपल हङर रिलिफ चियरपर्सन  लायन कुमारराज सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।