संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आज ९ बजे सपथ ग्रहण
कपन अनलाइन
काठमाडौं ,माघ २१ ।
संवैधानिक परिषदले बिभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको आजै सपथ ग्रहण हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको अहिले बिहान ९ बजे राष्ट्रपति भवन शित्तलनिवासमा सपथ ग्रहण हुँदैछ ।
मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिस गरेको थियो ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्यसन्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।
तपाइँको प्रतिक्रिया ।