आमा : भेषराज सापकोटा (कविता )
कपन अनलाइन
काठमाडौं ,माघ २०।
आमा म त सधैँभरि तिम्रो सेवा गर्न चाहन्छु
तिम्रो काखमा रमाउँछु तिम्रौ काखमा सुत्न चाहन्छु
सानो छँदा तिमीले नै हिड्न सिकायौ
बुद्धिमानी बनाई अघि बढ्न सिकायौ
हातमा नाम्लो हुन्थ्यो, पुरपुरोमा डोको
म सधैँ अगाउजी हुन्थेँ, तिमी हुन्थ्यौ भोको
गरूङ्गो घाँसको भारी पनि पुर्पुराले थाम्ने
भोको पेटले पनि सधैँ काम गर्न मान्ने
अचम्म लाग्छ आमा तिम्रो त्यो विधान देख्दा
शिर निहुराउँ सधैँ लाग्छ तिम्रो भोगाई देख्दा
हातभरि ठेला उठ्दा मुहारमा चाहीँ हाँसो
जतिदुख परे पनिलिँदैनथे कोही चासो
भोकलाई तीनदिन सम्म पनि थाम्न सक्ने
आफ्नो सन्तानलाई सधैं भरि देउता स्वरूप देख्ने
टालेको अनि च्यातिएका लुगाले दशैँ पनि टालेउ
आफू नाङ्गो छँदा पनिमलाई कपडा हाल्यौ
आमा तिम्रो ममताको गुनतिर्न सकुँ
सधैँभरि तिमीलाई भगवान स्वरूप देखुँ ।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक