बुढानिलकण्ठका निजि विद्यालयका प्रतिनिधिहरु संग डा. राजन भट्टराईको अन्तरक्रिया
कपन अनलाइन
काठमाडौं ,माघ २०।
नेसनल प्याब्सन बुढानिलकण्ठको संयोजनमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र बुढानीलकण्ठ नगरपालिका क्षेत्र भित्रका संस्थागत विद्यालयहरू बीच अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमका सहभागीहरूले उठाएका जिज्ञासाहरूको सम्बोधन गर्दै डा. भट्टराईले निजी विद्यालय बन्द गर्ने सरकारको कुनै नीति नभएको र बरू सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै सरकारले शिक्षाको समान स्तर निर्माण गर्न चाहेको कुरा धारणा राखेका थिए।
डा. भट्टराईले सम्बन्धित नगरपालिका, शिक्षा मन्त्रालय र राष्ट्र बैंक संग समन्वय गरि निजी विद्यालयका तत्कालीन , दीर्घकालीन एवम् नीतिगत र आर्थिक समस्याहरू समाधान गर्न संस्थागत विद्यालयका प्रतिनिधिहरूसँगै मिलेर आफ्नै नेतृत्वमा पहलकदमी लिने विश्वास दिलाउदै यस भन्दा अघिका शिक्षा मन्त्रीले वास्तवमा शिक्षाको विकासकालागि कुनै काम गर्न नसकेको बताएका थिए ।
नेसनल प्याब्सन बुनपाका अध्यक्ष नारायणबाबू तिम्सिनाको संयोजनमा भएको उक्त कार्यक्रममा नेसनल प्याब्सनका निवर्तमान बरिस्ट उपाध्यक्ष सूर्यबहादुर अधिकारीले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पारेका थिए।
सो कार्यक्रममा नेकपा काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य मिठाराम अधिकारी,नेसनल प्याब्सन बाग्मती प्रदेसका सचीव भुपेन्द्र खत्री , नेसनल प्याब्सन काठमाडौका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद पराजुली लगायत विभिन्न विद्यालयका संस्थापक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।