टोखा नगरपालिकाको बिवरण उपलब्ध गराउने बारे सार्वजनिक सुचना

टोखा नगरपालिकाको बिवरण उपलब्ध गराउने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, माघ २०। टोखा नगरपालिकाले बिवरण उपलब्ध गराउने बारे सार्वजनिक सुचना जारी गरेको छ प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले  जारी गरेको उक्त सुचनामा भनिएको छ, गरिबी निवारणका लागि लघु उद्यम विकास संचालन निर्देशिका २०७७ बमोजिम नया लघु उद्यमी सिर्जना कार्यक्रम संचालन गर्नुपर्नेभएकोले कार्यक्रम संचालनको लागि तपशिल बमोजिमको लक्षित समुह भित्र पर्ने प्रत्येक वडाभित्रका सम्भाव्य लघु  उद्यमीहरुको बिवरण (८ देखि ९ जना सम्म) उपलब्ध गराइ दिनको लागि अनुरोध गरीएको छ ।

निर्देशिकाको दफा ४ बमोजिम कार्यक्रमको लक्षित समूह

१) गरिबीको रेखामुनि रहेको नेपाली नागरिक

२) बैदेशिक रोजगारीबाट फर्किएका वा स्वदेशमा रोजगारी गुमाएका बेरोजगार ब्यक्ति

३) बिगतमा लघु उद्यम स्थापनाका लागि गरिएको सहयोग मध्ये यस अघि आंशिक सहयोग प्राप्त गरि संचालनमा नआएका तर थप सहयोग प्राप्त भएमा संचालन हुन सक्ने सम्भावित लघु उद्यमी

४) हाल संचालनमा नआएको भएतापनि  भबिष्यमा संचालन गर्न सम्भावना भएको लघु उद्यम संग  सम्बन्धित सेवा लिन इच्छुक खण्ड (क)वा (ख) बमोजिमका समूह

लक्षित  समूह मध्येबाट उद्यमी छनौट गर्दा कम्तिमा सत्तरी प्रतिशत महिला र कम्तिमा साथि प्रतिशत १६ देखि ४० वर्ष सम्मका युवा समाबेश हुने गरि छनौट गर्नुपर्ने भएकोले सोहि बमोजिमका सम्भाब्य उद्यमीहरु पहिचान गरि बिवरण उपलब्ध गराइदिन हुन् अनुरोध गरिएको छ। साथै सो विषयमा थप जानकारीको लागि उद्यम विकास सहजकर्ता  बिन्तोला खड्का सम्पर्क नं ९८६९९८०६७८मा सम्पर्क गर्न सकिने छ  ।

तपाइँको प्रतिक्रिया ।