अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री डोरमणि पौडेल (बागमती प्रदेश)

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः  मुख्यमन्त्री डोरमणि पौडेल (बागमती प्रदेश)

कपन अनलाइन 

काठमाडौं माघ १९ बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले आफुमाथि प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।बागमती प्रदेशसभाको तेस्रो बार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सामाना गर्ने बताएका हुन् । अविश्वासको प्रस्तावलाई लोकतान्त्रिक प्रक्रियाको संज्ञा दिंदै उनले यसले केही समयमै परिणाम दिने बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले संघीयलाई जोगाउन प्रदेश संरचनालाई अझ व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा बागमती प्रदेशसभाको तेस्रो बर्षको सम्पूर्ण बैठकमा उपस्थित सांसदहरु नरोत्तम बैद्य, गोमा भुर्तेल, बसन्त लामा, चन्द्र लामा, सिता अधिकारी, रमेश पौड्याल, पार्वती सिल्वालसहित कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीलाई सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।