बागमती प्रदेसमा नेपाली कांग्रेस “नो भोट ” को प्रावधानमा पनि जानसक्छ : सचेतक छिरिङ दोर्जे लामा

कपन अनलाइन

काठमाडौं ,माघ ११ ।

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविस्वासको प्रस्ताव पेश भए संगै अहिले बागमती प्रदेसको राजनीति निकै चर्चा र चासोको विषय बनेको छ।

नेकपा प्रचण्ड -नेपाल पक्षले अस्ट लक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै दर्ता गराएको अविस्वास प्रस्ताव माथि प्रदेस सभामा छलफल शुरु भए संगै निकै तातेको बागमती प्रदेसको राजनीतिमा निर्णायक खेलाडी बनेको नेपाली कांग्रेसका संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले बागमती प्रदेसमा नेपाली कांग्रेस  “नो भोट ” को प्रावधानमा पनि जान सक्ने सम्भावना रहेको बताएका छन।

प्रदेस सभामा प्रस्तुत भएको अविस्वासको प्रस्ताव माथि छलफलका लागि कार्यविधि तयार गर्न बनेको अविस्वासको प्रस्तावको मत विभाजन सम्बन्धि कार्यविधि मस्यौदा समितिका संयोजक समेत रहेका लामाले संसदमा बुझाउन तयार गरिएको मस्यौदामा हुन्छ /हुन्न भन्ने प्रावधान संगै “नो भोट ” को पनि व्यवस्था गरेको कपन अनलाइनलाई बताएका छन।

हाल बागमती प्रदेसमा देखिएको विवाद संगै सिर्जना भएको परिस्थिति नेकपाको गलत अभ्यास र अविस्वासको परिणाम भएको र त्यसमा नेपाली कांग्रेस अनावस्यक रुपमा सक्रिय भएर मुछिन आवस्यक नरहेको भन्दै उनले आफ्नो समितिले “नो भोट ” प्रावधानलाई मस्यौदामा प्रस्ताव गरेको धारणा राखेका छन।

अविस्वासको धारा १४४ उपनियम ८ मा रहेको व्यवस्था अनुसार दुई वटा अवसरमा “नो भोट ” पनि थपेर तिन वटा अवसर सहितको प्रस्ताव मस्यौदा तयार भैसकेको बताउदै सचेतक लामाले बागमती प्रदेसमा नेपाली कांग्रेसले आफ्नो दलको अधिकतम हित हेरेर मात्र निर्णय गर्ने धारणा राखेका छन।

बागमती प्रदेस सभामा अविस्वासको प्रस्ताव पेश भए संगै विभाजित बनेको नेकपा मध्ये मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको नेकपाले अहिले सम्म आफुहरु संग खासै सम्पर्क र छलफल नगरेको बताउदै सचेतक लामाले प्रचण्ड -नेपाल पक्षका नेताहरु भने नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन।

नेकपामा देखिएको विवाद संगै बागमती प्रदेसमा निर्णायक २२ मत रहेको नेपाली कांग्रेसले सरकार बनाउने सम्भावनाका वारेमा कपन अनलाइनले राखेको प्रश्नमा सचेतक लामाले संसदीय दलको बैठक बाट यस सम्बन्धि आवस्यक निर्णय लिइने बताउदै आफुहरु सरकार बनाउन सक्षम र तयार रहेको धारणा राखेका छन।

बागमती प्रदेसमा अहिले देखिएको राजनीतिक समस्या र विवादका वारेमा केन्द्र बाट के निर्देशन आउछ भनेर आफुहरु पर्खिरहेको बताउदै लामाले यदि त्यसो नभएर  प्रदेस संसदीय दललाई अधिकार दिएको खण्डमा आफ्नो दलका एजेण्डा र उदेस्यलाई केन्द्र विन्दुमा राख्दै ठोस निर्णय लिइने जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।