Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141759569_703261937052960_79316372184585843_o-e1611468786411.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ ११ जगडोलको झण्डा पार्कमा अज्ञात समूह द्वारा तोडफोड

कपन अनलाइन

काठमाडौं माघ ११ ।बूढानिकण्ठ नगरपालिका वडा नं ११  जगडोल झण्डा पार्कमा  फहरिएको नेपालको राष्ट्रिय झण्डा   अराजक  समुहको  निशानामा परेर क्षति  पुगेको छ ।गए राति अपरिचित ब्यक्तिहरुले उक्त झण्डा पार्क तोड फोड गरेका हुन् ।अहिले सम्म कसले सो कार्य गरेको खुल्न नसकेको जसले गरे पनि सो कार्य दानवीय कार्य भएको भन्दै स्थानीय श्यामराजा गौतमले पुन सो झण्डा पार्कको निर्माण गरिने बताए।साथै  यस्तो क्रियाकलाप क्षमा योग्य नभएको बताउदै थप सुरक्षाको चुनौती बढेको पनि बताए ।

 करिब  तीन वर्ष अघि राष्टिय गानका रचयिता ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको उपस्थितिमा झण्डा पार्क उद्घाटन गरिएको थियो ।  प्रातकालिन तथा सन्ध्याकालीन भ्रमण गर्नेहरुको रोजाईको केन्द्रकाका रुपमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको मनोरम दृश्यको साथै काडमाडौं उपत्यकाका अधिकांश स्थानहरु सजिलै नियाल्न सकिन्छ।  उपत्यका बाट नजिक रहेको सो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ  जसले गर्दा  ओझेलमा परेको जगडोल चिनाउन समेत सहयोग पुगेको थियो ।

तपाइँको प्रतिक्रिया ।