ज्ञान प्रकास मावी चम्पादेवीको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा नेपाली कांग्रेस समर्थकको जित

कपन अनलाइन

काठमाडौं ,माघ ११।

ज्ञान प्रकास मावी चम्पादेवी – ७ फुलवारीको विद्यालय  व्यवस्थापन समिति गठनका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस समर्थकको जित हाशिल गरेका छन।

विद्यालयका अभिभावकहरुको मतदान बाट चयन गरिने ४ जना सदस्यमा नेपाली कांग्रेसका समर्थकहरुले जित हाशिल गरेका थिए। उक्त विद्यालय व्यवस्थापन समितिमा कृष्ण बहादुर खत्री ,धुर्व कट्वाल, अपार खड्का र सितामाया खड्का विजयी बनेका थिए।

विद्यालयमा रहेका कुल १४० मतदाता अभिभावक मध्ये १३६ भोट खसेकोमा नेपाली कांग्रेसको चिन्हमा ९ भोट बढी परेको थियो।

तपाइँको प्रतिक्रिया ।