Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/142339489_1283107668716397_3132210858090152376_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस काठमाडौं -४ नेताहरु पुनर्ताजगीका लागि चितवनमा ,चर्चा काठमाडौंमा

कपन अनलाइन

काठमाडौं ,माघ १०।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का नेताहरु अहिले चितवनको भ्रमणमा रहेका छन। संसद विघटन विरुद्ध गरिएको चरणवद्ध आन्दोलन पश्चात काठमाडौं क्षेत्र नं ४ का लगभग सबै नेताहरु अहिले चितवनमा पुनर्ताजगी गरिरहेको उनीहरुको सामाजिक संजालमा राखिएका सामाग्रीहरु बाट प्रस्ट देख्न सकिन्छ।

काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसमा देखिएको विवाद र असझदारी केहि हद सम्म समाधान भएर नगर समितिले लामो समय पछि पूर्णता पाएको र सकेसम्म फरक फरक कार्यक्रम गर्ने समुहहरु एक साथ् भएर संयुक्त रुपमा अभियानमा लागेको समयमा भएको यो पुनर्ताजगी भ्रमणले क्षेत्र नं ४ मा चर्चा पाएको हो।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सचिव बिनोद चालिसे ,पुर्व सचिव श्याम कृष्ण संगत ,बुढानिलकण्ठ नगर सभापति गणेश कोइराला, बुढानिलकण्ठ नगरपालिका वडा नं २  का सभापति जनक थापा ,वडा नं ८ का गोकुल बरुवाल ,वडा नं ९ का शंकर आचार्य ,वडा नं १० का श्याम डोटेल ,वडा ११ का राधेश्याम कार्की ,वडा नं १२ का कार्यबाहक सभापति सुनीत चालिसे ,वडा नं १३ का महेन्द्र श्रेष्ठ ,काठमाडौं महानगरपालिका वडा नं १ का भोला थापा ,वडा नं ७ का प्रवेस लामिछाने,वडा नं ८ का आशमान संगत सहित क्षेत्रीय समिति र नगर समितिका सदस्यहरुको सहभागिता रहेको उक्त भ्रमण पुनर्ताजगी भनिएपनि राजनीतिक रुपमा अर्थपूर्ण रहेको एक सहभागीले बताएका छन।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ का १२ मध्ये १० वडामा पराजय भोगेको नेपाली कांग्रेसले  यो भ्रमणलाई विगतको समिक्षा र आगामी दिनको रणनीति तयार गर्ने अवसरका रुपमा उपयोग गरेको जानकारी दिदै एक सहभागीले राजनीतिक मान्छेहरुको जमघटमा केवल रमाइलो मात्र नहुने धारणा राखेका छन।फोटो साभार : वडा नं ९ का सभापति शंकर आचार्यको सामाजिक संजाल

 

 

 

 

तपाइँको प्रतिक्रिया ।