नेकपा बुढानिलकण्ठको नगर स्तरीय भेला सम्पन्न
कपन अनलाइन
काठमाडौं ,माघ ९।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुढानिलकण्ठको नगर स्तरीय भेला सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ गोल्फुटारमा भएको भेलामा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराई प्रमुख अतिथि रहेका थिए।
नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोलको अध्यक्षतामा भएको उक्त भेलामा नेकपा केन्द्रीय सदस्य तथा नगर प्रमुख उद्दव खरेल , सुन्दर पुर्कुटी ,बालिका गिरि ,जिल्ला कमिटी सदस्यहरु संगम गहतराज ,बिदुर विक्रम खड्का ,मिठाराम अधिकारी ,अनिता लामा ,लक्ष्मी संग्रौला,राजेन्द्र श्रेष्ठ ,बुढानिलकण्ठ उपप्रमूख रमा राई, नेकपा बागमती प्रदेस प्रचार विभाग सचिव धुर्व घिमिरे लगायत अतिथि रहेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको भेलामा नगर प्रमुख खरेलले नगरपालिकाले गरेका कामहरुका वारेमा जानकारी गराएका थिए भने प्रमुख अतिथि भट्टराईले समसामयिक राजनीति र नेता कार्यकर्ताहरुले खेल्नु पर्ने भूमिकाका वारेमा मन्तव्य राखेका थिए।