काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमा पक्राउ

काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमा पक्राउ

कपन अनलाइन

काठमाडौं ,माघ ७

प्रहरीले काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमालाई नियन्त्रणमा लिदै  शिशुको उद्धार गरिएको छ।

महाराजगन्ज प्रहरीले बुधबार राति साढे १२ बजे गोरखा गण्डकी गाउँपालिका-४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियारलाई नियन्त्रणमा लिएको हो।

परियारले महिना पुगेरै जन्मिएकी छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले जनाएको छ ।आमा सुनिता र बच्चा दुवैको महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले बताको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।