एकैदिन बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडामा नेकपा ओली पक्षको भेला

एकैदिन बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडामा नेकपा ओली पक्षको भेला

कपन अनलाइन

काठमाडौं ,माघ ७।

बुढानिलकण्ठ नगरपालिकाका एकैदिन ५ वडामा नेकपा ओली पक्षको भेला सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाका वडा नं ४ ,६ ,७,११ र १३ मा माघ ७ गते बुधवार वडा स्तरीय अगुवा कार्यकर्ता भेला भएको हो।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११ र १३ को भेलाको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका थिए भने वडा नं ६ र ७ को भेलामा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र वडा नं ४ मा अनिता लामा  प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै माघ ६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको भेलाको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य सुन्दर पुर्कुटी प्रमुख अतिथि रहेका थिए।

नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद संगै वडा स्तरीय भेलाहरु आयोजना गर्दै आएको नेकपा बुढानिलकण्ठले माघ ८ गते बिहान वडा नं ८ र बेलुका ४.३० बजे वडा नं १२ मा कार्यकर्ता भेला आयोजना गरेको जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।