संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली

कपन अनलाइन

काठमाडौं ,माघ ७।

नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ ।

जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।